आइतवार, जेष्ठ ६, २०८१

साना किसानलाई सुपर जोनमा जोडिने

काठमाडौं, बैशाख । कृषि विकास मन्त्रालयले आगागी आर्थिक बर्षका लागि कृषि क्षेत्रको बृहत्तर विकासका लागि जोन र सुपर जोनको भिजन सहित अगाडि बढिरहेको कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेलले बताएका छन् । राजधानीमा आयोजित नेपाल कृषि प्राविधिक एशोसिएन(नाटा) को चौथो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री गजुरेलले सो कुरा बताएका हुन् । haribol gajurel
मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सात प्रदेशमा रहेर कृषि उत्पादनको प्रशोधन सहितको जोनको अवधारण मन्त्रालयले ल्याएको समेत मन्त्री गजुरेलले बताए । उनले सो जोन र सुपर जोनमा साना किसानहरुलाई पनि जोडिने समेत बताए ।
कार्यक्रममा बोल्दै कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले रासायनिक मलको अभाव हुन नदिन मन्त्रालय सक्रिय रहेको बताउंदै गतबर्षदेखि मुलुकमा रासायनिक मलको अभाव नभएको बताए । उनले नेपालमा नै रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्ड मार्फत अनुसन्धानका लागि काम अगाडि बढाईसकिएको बताए ।
मुलुकभर कार्यरत कृषि प्राविधिकको साझा छाता संगठनका रुपमा रहेको नेपाल कृषि प्राविधिक एशोसिएनको चौथो सम्मेलनले आगामी तीन बर्षका लागि नयां नेतृत्वको समेत चयन गर्ने छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७३