शनिबार, बैशाख २२, २०८१

विषादी रहित भन्दै उपभोक्रा ठग्दै कृषि विकास सहकारी

काठमाडौं । खाद्य पदार्थ एवं तरकारी बारीहरुमा अत्यधिक विषादी प्रयोग हुने गरेका कारण स्वच्छ खाद्यान्न खोजिरहेको उपभोक्ताहरुलाई ठगि गर्ने क्रम बढ्न थालेका छ । व्यापारीहरुले विषादीका त्रास देखाएर केहीले अर्गानिक त केहील विषादी रहित भन्दै उपभोक्ता ठग्ने क्रम रोएिको छैन ।
विषादीबाट त्रस्त उपभोक्ताहरुलाई विषादी रहित उत्पादनका नाममा ललितपुरको मानभवनमा रहेको कृषि विकास बहुदेश्यिय सहकारी संस्थाले आफ्नो उत्पादन भन्दै प्रेस कृषिका नाममा उपत्यकाका विभिन्न स्थानका उपभोक्ता ठगि गर्दा पनि उपभोक्ता अधिकारी मात्र होइन सरोकारवाला निकायहरु समेत मौन बसिरहेका छन् । fress
सो कृषि विकास सहकारीले ललितपुरको टिकाथलीका तरकारी फार्म सञ्चालन गरेको भएपनि विषादी रहित शुद्ध उत्पादन भन्दै भारत तथा नेपालकै तराई क्षेत्रबाट आयात गरिएका रहरको दाल, मासको दाल, मुसुरोको दाल, मकै मात्र होइन तोरीको तेललाई समेत प्रेस कृषिका नाममा विषादी रहित भन्ने स्टिरकर टांसेर खुल्लम खुल्ला लुट मच्याईरहेको छ ।
कृषि विकास बहुदेश्यिय सहकारीले अन्यत्र उत्पादन भएको कृषि उपज ललितपुरको बन्द कोठामा बसेर प्याकेजिङ्ग गरेर विषादी रहित भन्न मिल्ला । सो सहकारीको लोगो सहितको बजारमा विक्रीका लागि राखिएका खाद्य पदार्थ पूर्ण रुपमा विषादी रहित भन्नका लागि उसले कुनै पनि आधिकारीक निकायबाट प्रमाणिकरण गर्न सकेको छैन । कुन आधारमा बिषादी रहित खाद्य पदार्थ भन्दै विक्री वितरण गरिरहेको छ ।
सो विषयमा सो कृषि विकास बहुदेश्यिय कृषि विकास सहकारीका अध्यक्ष तेजबहादुर थापा सो विषयमा आफ्न अन्य कर्मचारीसंग कुरा गर्न भन्दै पन्छिएका छन् । कृषि विकास बहुदेश्यि सहकारीले विषादी रहितको स्टिकर टांसेर स्वीकृत बिना कुनै पनि कृषि उपज विक्री वितरण गर्न नपाउने विषादी रजिष्टार कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुखका अनुसार नेपालमा एक मात्र विषादी परिक्षण गर्ने कम्पनी भएको भएपनि दाल, मकै, तोरीको तेलमा विषादी रहित भने विक्री वितरण गर्नु न्यायोचित नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७३