शनिबार, जेष्ठ ५, २०८१

मोवाईलबाटै खेतीपातीका कुरा

बुटवल, ९ बैशाख । रुपन्देहीका किसानहरुले अव कुनै पनि कृषि सम्बन्धी समस्या आयो भने नत कुनै सेवा केन्द्रमा धाउनुपर्ने छ नत कुनै प्राविधिकलाई गुहार माग्नुपर्ने छ । किसानको बालीनालीमा आउने समस्याहरुलाई अव किसानले आफ्नै मोवाईलबाट घरमा नै बसी बसी यसको सबै जानकारी पाउने भएको छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय अन्र्तगतको जलवायु प्रकोप स मुन्थान निर्माण आयोजना अन्र्तग रुपन्देहीमा किसान कल सेन्टर स्थापना भएपछि अव किसानहरुले आ फ्नै मोवाईलमा यस्तो सेवा पाउनेछन् ।
किसानहरुले घरमा नै बसरी बसी पैसा नलाग्ने टेलिफोन सेवा प्रयोग गरि कृषि प्राविधिक तथा विज्ञसंग सल्लाह सुझवा लिन पाउनेछन् भने एन्डोईड भर्जन भएका मोवाईलहरुमॉहाम्रो कृषि’ मोवाईल एप डाउनलोड गरी सुचना पाउनेछन् । जसको सुरुवात विहिवार नेपालसरकार कृषि विकास मन्त्रालयका कृषि सचिव उत्तम कुमार भट्राईले गरे । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी किसान कल सेन्टर स्थापना गरिएको हो । किसान कल सेन्टर स्थापना हुने रुपन्देही जिल्ला नेपालमै तेस्रो जिल्ला भएको छ ।
यस अघि बाँके, बदियामा पनि किसान कल सेन्टर स्थापना भएको छ । फोन नम्बर १६६००७१५२००० मा सम्पर्क गरी आवश्यक सेवा तथा सल्लाह लिन किसानहरुले सक्छन् भने जिल्ला कृषि विकास कार्यालयमा रष्टिर गरिएका फोन नम्बरमा बेला बेलामा कृषि ईन्फो नामको एसएमएस सेवा आउनेछन् । जसमा विभिन्न प्रकृतिका सेवा , सुविधा तथा वालिनाली सम्बन्धी पुर्व सूचनाहरु प्रदान गरिने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए ।
कल सेन्टरको उद्घाटन गर्दै कृषि मन्त्रालयका कृषि सचिव उत्तम कुमार भट्टराईले देशको कृषि प्रणालीलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धीमुखि बनाउनको लागि कृषि मन्त्रालयले कुनै पनि कसर बाँकी नराखेको बताएका थिए । उनले भने–‘देशमा उत्पादन हुने बस्तुको लागत खर्च बढी हुदाँ भारतबाट आयातीत कृषिजन्य सामानसँग किसानहरुले प्रतिसपर्धा गर्न नसकिरहदा मुल्यको र गुणस्तरको आधारमा पनि अन्तराष्ट्रिय बजारसँग प्रतिसपर्धी गर्न सक्ने गरि कार्यक्रमहरु ल्याउने तयारीमा मन्त्रालय रहेको छ ।’
भैरहवामा किसान कल सेन्टर, हाम्रो कृषि मोबाइल एप, कृषि मौसम सल्लाह सेवा बुलेटिन तथा एस.एम.एस सेवाको उद्घाटन गर्दै सचिव भट्टराईले परम्परागत कृषि शैलीलाई व्यवस्थीत गरी आधुनिकीकरण, यान्त्रीकरण गर्दै लानुपर्ने धाराण समेत राखेका थिए । कृषि मन्त्रालयका सह सचिव काशीराज दाहालका अनुसार देशमा कृषि प्राविधिकहरुको सङ्ख्या कम भैरहदा किसानहरुले प्राविधिक सल्लाह, सुझाव लिन समस्या परेको भन्दै उक्त समस्यालाई समाधान गर्न कल सेन्टर र एस.एम.एस. सेवाको व्यवस्था मन्त्रालयले गरेको हो । । कृषि सम्बन्धि जानकार नभएको व्याक्तिले पनि कृषिखेति गर्नसक्ने गरि सेवाको विकास गरिएको उनले बताएका थिए । उनले उत्पादन लागत कम गर्न भन्दै मन्त्रालयले मुल्य घटाउन अनुदानका कार्यक्रहरु किसान सामु ल्याइएको बताएका थिए ।
रासायनीक मल, प्राङगारिक मल र बीऊमा मात्र करिब ६ अर्व रुपैयाको अनुदानको कार्यक्रम अन्तरगत लागत मूल्य कम गर्न मन्त्रालयले पहल गरेको सहसचिव दाहालले जानकारी गराए ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. युवक ध्वज जिसिले जलवायु परिवर्तनको असर धेरै कृषिमा पर्ने हुँदा कल सेन्टरको स्थापनाले किसानहरुले कृषि प्राविधिकहरुसँग दोहोरो कुराकानी गर्न पाउने हुदा समस्या समाधानको लागि उपयुक्त रहने बताएका थिए । अब किसानहरु आफ्नो समय बिताएर सेवा केन्द्रहरुमा समस्याहरु लिएर जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए थिए । कार्यक्रममा कल सेन्टर बारे जानकारी दिन राष्ट्रिय आयोजनाका निर्देशक शिव नन्दन प्रसाद शाहले सेवा बारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, बैशाख ९, २०७३