शुक्रबार, जेष्ठ ४, २०८१

पशुपन्छीका औषधी निःशुल्क

santa manawi

शान्ता मानवी
मन्त्री
पशुपन्छी विकास मन्त्रालय

० पशुपन्छी विकास मन्त्रालयले स्थापनाको सय दिन पूरा गरिसकेको छ । यो अवधिमा नयां मन्त्रालयले भएका नाताले के उपलब्धी ग¥यो ?
विगत तीन दशक अगाडिदेखि पशुपन्छीका क्षेत्रमा काम गर्नेहरु विज्ञहरुले पशुपन्छी मन्त्रालय बेग्लै हुनु पर्दछ भन्ने जुन अभियानमा लाग्नु भएको थियो । त्यो निकै पछि आएर कार्यान्वय भएको छ । अर्थात पशु पन्छीका क्षेत्रमा काम गर्नेहरुको मागलाई सम्वोधन भएर पशुपन्छी विकास मन्त्रालय स्थापना भएर हामीले एक सय दिन पूरा गरिसकेका छौं । धेरैले भन्ने गरेका छन् पशुपन्छी विकास मन्त्रालय कृषि विकास मन्त्रालयबाट छुट्टियो । यो मन्त्रालय छुट्टिएको होइन । पशुपन्छी विकास मन्त्रालय नयां स्थापना भएको हो । मन्त्रालयले एक सयदिनका अवधिमा एक गाउं एक प्राविधिक राख्ने निर्णय गर्न सफल भएका छौं भने । गोठदेखि ओठसम्म स्वस्थ र स्वच्छ पशु उत्पादनका लागि मासु जांच ऐन २०५५ कार्यान्वयनका लागि मुलुकभर सप्ताहव्यापी कार्यक्रम सहित अनुगमन गर्ने, जनचेतना अभिबृद्धि गर्ने काम समेत गरेका छौं ।
० सय दिनका उपलब्धि यतिले नै पुग्यो त ?
त्यसो होइन । यी बाहेक धेरै नै काम भएका छन् महत्वपूर्ण र देखिएका काम मात्र यी हुन् । यस समयका वीचमा मन्त्रालयको संस्थागत संरचनाका सुधारहरु पनि भएका छन् भने नीति, ऐन नियममा पनि काम भएका छन् । हामीले राष्ट्रिय पशु विकास नीतिको मस्यौदा तयार गरेका छौं, ऐन नियम मस्यौदा समिति गठन भई पशु बधशाला तथा मासु जांच ऐन २०५५ लाई परिमार्जन गरी कार्यान्वय गर्न नयाँ मस्यौदा तयार गरेका छौं भने पशुपालक किसानहरुमा ठूलो समस्या देखिएका रुपमा देखिएका खोरेत रोग नियन्त्रण गर्नका लागि कार्यविधि मस्यौदा समेत तयार गरेका छौं ।
० गत बर्ष विनाशाकारी भूकम्पका कारण धेरै पशुपालक किसानहरु प्रताडित छन् तर त्यसको सम्वोधन भएन भन्ने गुनासो छ नि ?
सम्वोधन गरेका छौं । भूकम्प पीडित किसानहरुलाई राहत स्वरुप कोरली गाई वितरण गर्ने भनेका थियौ । सवैभन्दा महत्वपूर्ण कुरा के हो भने भूकम्प पीडितका नाममा गैर पीडितहरुले लिने विगतको अनुभवलाई हेरेर त्यसो हुन नदिन सहि भूकम्प पीडित पशुपालक किसानहरुले मात्र राहत पाउन सकुन् भन्ने हाम्रो योजना भएका कारणले पशुपन्छी विकास मन्त्रालयले कोरली गाई वितरण गर्न कार्यविधि तयार गरी स्वीकृत समेत गरिसकेका छौं । अव सोही कार्यविधि अनुरुप किसानहरुले राहत स्वरुप वितरण गर्ने भनिएको कोरली गाई पाउनु हुनेछ ।
० मन्त्रालय स्थापना भए लगतै ४० बुंदे प्रतिवद्धता सार्वजनिक गर्नु भयो तर कार्यान्वय हुने सम्भावना छैन भन्ने शका गरिएको छ नि ? ४० बुंदे प्रतिवद्धता कार्यान्वयन हुन्न भन्ने शंका लिनु आवश्यक छैन । मन्त्रालय स्थापना पश्चात आएको प्रतिवद्धताका हरेक बुंदाहरु क्रमश प्राथमिकताका आधारमा कार्यान्वयन हुंदै जान्छन् । एकै चोटी ४० बुंदा कार्यान्वय हुनु पर्दछ भन्ने होइन । हामीले प्राथमिकताका आधारमा काम गरिसेका छौं । र कार्यान्वयन पनि हुंदै आईरहेको छ । हामीले सार्वजनिक गरेको प्रतिद्धता नं ४० मा किसानहरुलाई पशुपन्छीका औाषधीहरु निशुल्क उपलब्ध गराउने भनेका थियौ । त्यो निर्णय भईसकेको छ । पशुपन्छीमा लाग्ने छेरौटीको औषधी, बहुपयोगी (ब्तचयउष्लभ कगउिजबतभ क्ष्लवभअतष्यल), कब्जियताको लागि ीबहबतष्खभरउगचनबतष्खभ मा ःबनलभकष्गm कगउिजबतभ र बाह्य परजीवी किर्ना जुम्रा नियन्त्रणमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउन निर्देशन पनि भईसकेको छ । अन्य बुंदाहरुपनि क्रमश कार्यान्वय हुन्छ त्यसमा कुनै शंका लिनै पर्दैछ ।
० त्यसको मतलव प्राथमिकताका आधारमा मन्त्रालयले ४० बुंदे कार्यान्वयन गर्दै छ ?
प्रतिवद्धता कार्यान्वयन गर्नका लागि किसानहरुको सवैभन्दा महत्वपूर्ण आवश्यकता के हो भन्ने कुरा पत्ता लगाउनु प¥यो । त्यसपछि मात्र किसानका आवश्यकता पूरा गर्न सकिन्छ । सिंहदरबार भित्र बसेर किसानका आवश्यकता थाहा नहुन सक्छ । हिजो म त्यही किसान कै वीचबाट आएकीले किसानका समस्या के हुन् भन्ने कुरा मलाई राम्ररी थाहा छ । त्यसकारण पनि म आफै पूर्वदेखि सुदूरपश्चिमसम्मका किसानहरुको गोठसम्म पुगेर बर्तमान समस्या बुझेर आएको छु । किसानहरुको वर्तमान आवश्यकत र समस्यालाई पहिचान गरिसकेका छौं ती सवै समस्या क्रमबद्ध रुपमा ४० बुंदे भित्रै छन् समाधान गर्दै जाने छौं । मन्त्रालय स्थापना भएको एक सय दिनमा हामीले उपलब्ध श्रोत र साधनलाई बढी भन्दा बढी प्रयोग गरेर कार्यान्वयका लागि प्रतिवद्ध भएर लागेका छौं ।
० पशुपालक किसानहरुका धेरै समस्या छन्, किसानहरु पलायन हुने अवस्था देखिन्छ यो अवस्थामा तीन बर्ष भित्र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्ने कुरा सम्भव कसरी देख्नु भयो ?
पशुपालनमा संलग्न किसानहरु पलायन हुने भन्ने कुरा गलत हो । नेपालको कृषि क्षेत्रमा सवैभन्दा बढी उत्पादन र आयबृद्धि गर्ने कामममा पशु सेवा नै देखिएको छ । ग्रामिण भेगमा बस्ने अधिकांश किसानहरुको जिवीकोपार्जनको माध्यम नै पशुपन्छी पालन व्यवसाय रहेको छ । यो कहिं कतै पनि लुक्ने छैन । हरेक घरमा एकदुइ वटा गाई, भैसी, दुइचार वटा भेडा बाख्रा र दुईचार वटा कुखुरा नभएका छैनन् । त्यही पशुपन्छीका आधारमा आजका दिनसम्म नेपाली किसानहरुले आफ्नो जीवन गुजारा गरिरहेको अवस्था छ । परम्परागत रुपमा किसानहरुले निकै नै मेहनत, परिश्रम र दुःख गर्नु भएको छ । छोराछोरीलाई शिक्षा दिक्षा दिने काम पनि त्यसैबाट गर्नु भएको छ । अव अहिले भईरहेको नर्वाहमुखि पशुपन्छी पालनलाई कसरी व्यवसायिकरण कसरी गर्न सकिन्छ भन्ने हो । त्यसकारण पनि हामीले पहिलो बर्ष दूध, दोस्रो बर्ष अण्डा र तेस्रो बर्षमा मासुमा आत्मनिर्भर हुन्छौं भनेका हौं ।
० मुखले भन्नु र कामले गर्नुमा त फरक छ नि, आधारहरु के छन् ?
हामीले मुखले भन्ने होइन काम गरेर देखाउनका लागि नै यी कुरा गरिरहेका छौं । दूध, अण्डा र मासुमा आत्मनिर्भर हुन्छौं भन्ने कुरामा हामी ढुक्क छौं । जसका लागि हामील जिल्लाहरुको पहिचान र घोषणा पनि गरेका छौं । जस्तै दूध उत्पादनमा इलाम, झापा, काभ्रे, चितवन, कास्की, रुपन्देही र पाल्पा जिल्ला । त्यस्तै अण्डा र कुखुरा उत्पादनका लागि चितवन, काभ्रे, झापा, मोरङ्ग, काठमाडौं उपत्यका रहेको छ भने खसी बाख्राका लागि काभ्रे, सिन्धुली, स्याङ्गजा, दैलेख, सुर्खेत र कैलाली जिल्ला हामीले पहिचान गरिसकको छौं । त्यसकारण पनि हामीले तीन बर्षभित्र आत्मनिर्भर बन्ने कुरामा ढुक्क छौं ।
० त्यसका लागि मन्त्रालयले कस्ता कार्यक्रम शुरु गरेको छ त ?
ठिक प्रश्न गर्नु भो । हामीले हाम्रा प्रतिवद्धता कार्यान्वयन गर्न र किसानहरुका समस्या सम्वोधन गर्नका लागि क्वारेण्न्टाइन कार्यालयहरुको स्तरोन्नति, गाई भैसी र च्याङ्ग्राको श्रोत केन्द्र स्थापना, मिल्क होलिडे अन्त्य गर्ने अवधारण पत्र तयार गरिसकेका छौं भने पशु आहारका लागि ४५ जिल्लामा घांस उत्पादन, २० जिल्लामा २० वटा साइलो पिट निर्माण, ५ जिल्लामा करीव २० हेक्टर क्षेत्रफलमा २० किसिमका उन्नत घाँसहरु लगाई श्रोत केन्द्र स्थापना गर्र्ने कार्य अगाडि बढाईसकेका छौं । ६ हजार बाख्राहरुलाई जुका विरुद्ध औषधी खुवाइएको छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, बैशाख ७, २०७३