शनिबार, बैशाख २२, २०८१

अमेरिकामा छुर्पी निर्यात घट्यो

इलाम, ५ वैशाख । अमेरिका निर्यात हुँदै आएको नेपाली छुर्पीको निर्यात यो वर्ष घटेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्यात घटेको हो । अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेसनले साउनदेखि पुस महिनासम्ममा ५० हजार किलो मात्र छुर्पी निर्यात गरेको जनाएको छ । कर्पाेरेसनले अघिल्लो वर्षको यही अवधिमा करिब तीन लाख किलो छुर्पी निर्यात गरेको थियो ।
इन्धन अभाव भएपछि ढुवानी महँगो हुँदा छुर्पी निर्यात घटेको हो । वार्षिक चार लाख किलो बढी छुर्पीको माग भए पनि पु¥याउन सकिएको छैन । खासगरी कुकुरको आहाराका लागि छुर्पी निर्यात हुन थालेपछि किसानले यथेष्ट कमाइ गर्न थालेका छन् । इलाम, पाँचथर, ताप्जेजुङ, तेह्रथुम, भोजपुरहुँदै सिन्धुपाल्चोक, धादिङलगायत जिल्लाबाट छुर्पी सङ्कलन गरेर ग्रेडिङ गरेपछि विदेश निर्यात गरिन्छ । व्यवसायीले ग्रेडिङका आधारमा नेपालबाट प्रतिकिलो रु ३५० देखि रु ६५० का दरले छुर्पी खरिद गरेर निर्यात गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ५, २०७३