शुक्रबार, बैशाख १४, २०८१

साढे चार करोडको तरकारी आयात

विराटनगर, २७ फागुन । पूर्वी नाका विराटनगर भएर सात महिनाको अवधिमा भारतबाट रु चार करोड ५० लाखभन्दा बढीको तरकारी आयात भएको छ । सो अवधिमा सबैभन्दा बढी रु चार करोड नौ लाख ९७ हजारको प्याज र रु २९ लाख ८५ हजारको आलु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरका अनुसार रु तीन लाख २४ हजारको २७ मेट्रिक टन परवल, रु एक लाख ३२ हजारको ११ मेट्रिक टन गोलभेँडा र रु दुई लाख ३४ हजारको २३ मेट्रिक टन हरियो खुर्सानी आयत भएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २७, २०७२