बुधबार, बैशाख १९, २०८१

निःशुल्क मल वितरण

महोत्तरी, २८ माघ । चिनी मिलबाट निस्कने प्रेस मलप्रति किसान आकर्षित हुन थालेका छन् । जिल्लाको गौशाला नगरपालिका– ३ मा अवस्थित एभरेष्ट सुगर मिलले निःशुल्क रूपमा प्रेस मल उपलब्ध गराउन थाले पछि उनीहरू आकिर्षत भएका हुन् । उखु बोकेर चिनी मिलमा आउने किसानलाई मिलले निःशुल्क रूपमा मल उपलब्ध गराउँदै आएको एभरेष्ट सुगर मिलका महाप्रबन्धक युगल किशोर चौरसियाले बताए । प्रेस मलको प्रयोगले उखु उत्पादनमा वृद्धि हुन्छ ।
स्थापनादेखि नै किसानलाई प्रेस मल निःशुल्क रूपमा उपलब्ध गराउँदै आएका छौँ” चौरसियाले बताए । जिल्लाकै ठूलो उद्योगबाट महोत्तरी, धनुषा र सर्लाहीका किसानले प्रेस मल लैजाने गरेका छन् । विशेष गरी उखु खेतीको लागि अन्य मलको तुलनामा मिलबाट निस्कने प्रेस मलले अधिक फाइदा पु¥याएपछि किसान आर्षित भएका हुन् ।

प्रकाशित मिति: बिहिबार, माघ २८, २०७२