बिहिबार, बैशाख ६, २०८१

पशुपक्षी पवद्र्धनका लागि कृषकलाई अनुदान

krishilogoचितवन, २९ माघ । जिल्ला पशुसेवा कार्यालयले चालु आर्थिक वर्षमा रु एक करोड २४ लाख ३८ हजार बराबरको अनुदान पशुपक्षी पवद्र्धनका लागि कृषकलाई प्रदान गर्ने भएको छ । अनुदान प्रदान गर्न लगत सङ्कलन कार्य सुरु गरिएको छ । कार्यालय प्रमुख डा रामकुमार कार्कीका अनुसार, गत आवमा रु एक करोड दुई लाख बराबरको अनुदान रकम वितरण गरिएको थियो । चालु आवमा पशु आहार विकास राष्ट्रिय अभियान (फरेज मिसन)अन्तर्गत रु २२ लाख १३ हजार विभिन्न शीर्षकमा अनुदान वितरण रकम गरिँंदैछ । सो रकम जै र वर्षिम घाँसका साथै हिउँदे घाँसको बीउ खरिदमा खर्च गरिने छ ।

घाँस लगाउने कृषकलाई रु पाँच हजारदेखि रु ३० हजारसम्म अनुदान दिइँदै छ । व्यावसायिक बाख्रा प्रवद्र्धनमा १०० बढी माउ बाख्रा पाल्ने पाँच जना किसानले रु चार लाख २५ हजार अनुदान पाउने भएका छन् । पशुसेवा विकास कार्यक्रमअन्तर्गत रु आठ लाख चारवटा फार्मलाई वितरण गरिने कार्यालय प्रमुख कार्कीले बताए । गतवर्ष रु नौ लाख वितरण गरिएको थियो । युवा लक्षित कार्यक्रमअन्तर्गत पशु विकास सेवा कार्यक्रममा समावेश गरी गाईभैँंसी पाल्ने १० वटा फार्मलाई रु दुई लाखका दरले वितरण गरिँदै छ । त्यसैगरी नौवटा फार्मलाई रु एक लाखका दरले तथा एउटा फार्मलाई रु चार लाखका दरले अनुदान वितरण गरिने भएको छ । गतवर्ष रु ४२ लाख अनुदान वितरण गरिएको थियो ।
बजार मूल्य नपाउँदा कृषकले पाडा नपाल्दा अनुदान रकम फ्रिज गएको छ । गाई स्रोत केन्द्रका लागि यसवर्ष गीतानगरको गाईस्रोत केन्द्रले रु आठ लाख अनुदान पाउँदैछ । ‘पिग एण्ड पोर्क’ मिसन कार्यक्रम अन्तर्गत छवटा फार्मका लागि रु १२ लाख अनुदान दिइँदैछ । स्थानीय जिल्ला तहबाट पशुसेवा कार्यालयमार्फत् गाईभैँंसी गोठ सुदृढिकरण कार्यक्रमअन्तर्गत ४० जना कृषकलाई रु ५० हजारका दरले अनुदान वितरण गरिँदै छ । पशुसेवा कार्यालयले बाख्रा र बङ्गुरलाई गोठ खोर सुदृढिकरण अन्तर्गत रु २० हजारका दरले ३५ जना कृषकलाई अनुदान दिने कार्यालय प्रमुख कार्कीले बताए । डेरी पसल र मासु पसल सुधार एवम् चिलिङ भ्याटका लागि यसवर्ष रु १६ लाख अनुदान रकम वितरण गरिँंदै छ । जिल्लामा पछिल्लो समय पशुपक्षीको दर्ता समेत गराइँदै आएको छ । जिल्लामा हालसम्म ६४५ गाईभँैंसी फार्म दर्ता भएका छन् ।
दशवटा भन्दा बढी गाईभँैंसी भएका फार्मलाई व्यावसायिक फार्मका रुपमा लिइन्छ । त्यसैगरी बाख्राका १५६ वटा फार्म दर्ता भएका छन् । करिब ८० वटा मार्फ व्यावसायिक छन् । चालिस वटाभन्दा बढी माउ बाख्रा भएका फार्मलाई व्यावसायिक भएको मानिन्छ । बङ्गुरका १५१ फार्म दर्ता छन् भने करिब ५० वटा व्यावसायिक छन् । पन्ध्र भन्दा बढी माउ बङ्गुर भएका फार्मलाई व्यावसायिक मानिन्छ । जिल्लामा दैनिक दुई लाख लिटर दूध उत्पादन हुन्छ । गत आवमा ८७ हजार ७७ मेट्रिक टन दूध, २० हजार ४२९ मेट्रिक टन मासु र २६ करोड २७ लाख ५७ हजार वटा अण्डा उत्पादन भएको कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २९, २०७२