शुक्रबार, बैशाख २१, २०८१

दानाको विकल्पका रुपमा घरमा नै घांस उत्पादन गर्ने हो

lambodar

लम्वोदर न्यौपाने
कार्यकारी अध्यक्ष
नेपाल इन्जिनियरिङ्ग कलेज

० पशुपालन गरेका व्यवसायीहरुलाई लक्षित गरी पोषक घांस उत्पादन गर्न आधुनिक प्रविधि विस्तार गर्न लाग्नु भएको छ कस्तो प्रविधि हो यो ?
यो अत्यन्तै आधुनिक प्रविधि हो । २ सय ४० बर्ग फिट जग्गामा दैनिक एक हजार किलो घांस उत्पादन गर्न सकिन्छ । जुन घांस अहिले भईरहेको घांस भन्दा धेरै पोषिलो हो । यो घांस उत्पादन नेपाल इन्जिनियरिङ्ग कलेजको RND विभागबाट शुरु गरेका हौं । नेपालको जग्गाको हिसावले अत्यन्तै कम जग्गा भएको मुलुक भएको कारणले २ सय ४० बर्ष फिट जग्गामा यति धेरै घांस उत्पादन गर्न सक्ने प्रविधि हाम्रा लागि जरुरी प्रविधि हो । नेपालको आवश्यकतालाई ध्यानमा राखेर नै हामीले यो प्रविधि शुरु गरेको हुनाले यसले नेपालमा चरन व्यवस्थापनका लागि ठूलो परिवर्तन ल्याउन सक्छ ।
० पछिल्लो समयमा पशुपालन व्यवसायिक रुपमा बढ्दै गईरहेको छ तर चरन अभाव पनि त्यत्तिकै छ । यो परिप्रेक्ष्यमा यो प्रविधि विस्तार कत्तिको सहज रुपमा गर्न सकिन्छ ?
यो प्रविधि विस्तार गर्नका लागि त्यत्ति धेरै खर्च वा गाह्रो छैन । धेरै नै सहज छ । सय वटा गाई पालिरहेको किसान छ भने ती गाईलाई चाहिने घांस आफ्नै घरभित्र उत्पादन गर्न सकिन्छ । जस्तै एक रोपनी जग्गामा ५० वटा गाई पाल्न सकिन्छ भने त्यही जग्गा भित्रै घांस उत्पादन गर्न सकिन्छ । त्यही जग्गामा बायो ग्यास उत्पादन गर्न सकिन्छ । सवै एक रोपनी जग्गा भित्रै हुन्छन् । यसमा जग्गाको प्रयोग हुंदैन । शहरी क्षेत्रभित्र चरनका लागि जग्गगा छैन । ग्रामिण भेगमा भीर पहराले गर्दा चरन समस्या छ । त्यसकारण पनि हाम्रो मुलुकको लागि यो प्रविधि विस्तार गर्न सजिलो छ । यो प्रविधिबाट उत्पादन भएको घांसमा पोषण तत्व धेरै हुन्छ जसले गर्दा मासुजन्य वा दूध जन्य पदार्थको उत्पादनमा समेत बृद्धि हुन्छ ।forej
० हुन त अहिले किसानहरुले चरन र घांस अभावका कारण गुणस्तरहिन दाना प्रयोग गर्न वाध्य भएका छन् । यो अवस्थामा यहांहरुले ल्याउनु भएको पोषणयुक्त घांस उत्पादन प्रविधि त्यसको विकल्प हो ?
दानाको विकल्पका रुपमा यो प्रविधिबाट उत्पादन भएको घांस हो । त्यसका कुनै फरकै छैन । यो घांस ख्वाउनु भएपछि पशु आहारमा अरु कुनै पनि पोषक तत्व वा दाना ख्वाउनु पर्दैन । यो यति पोषिलो छ जुन अन्य कुनै चीज एउटै ख्याउदा यो पाउन मुश्किल छ । अहिले किसानहरुले प्रयोग गर्नु भएको दानामा हुने प्रत्येक मिनरल्स भिटामिन भन्दा बढी मिनरल्स भिटामिन यो घांसमा उपलब्ध छ । यो घांस खाएपछि गाईभैसी, बाख्राले २० प्रतिशतसम्म बढी दूध दिन्छन् । १५ प्रतिशत फ्याटको बृद्धि हुन्छ र दूधको गुणस्तरमा पनि बृद्धि हुन्छ । यी घांस खाएका गाई भैसीको दूध बढी पोषिलो हुन्छ र स्वादिलो पनि हुन्छ । एउटा पशुको तौलको १० प्रतिशतमात्र यो घांस ख्वाउदा हुन्छ । त्यो भन्दा बढी ख्वाउनु पर्दैन । र दानाहरु पनि ख्याउनु पर्दैन ।
० व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुका लागि घांस उत्पादन गर्दाको लागतमूल्य पनि हेर्ने त गर्दछन् नि ?
तपाई भन्नु भएको कुरा स्वभाविक हो । अहिले हामीले पशुपालन व्यवसाय गरिरहंदा लागत मूल्य बढी परेका कारण किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकिरहनु भएको छैन । त्यसकारण राज्यका अर्को चुनौति भनेको उत्पादनको लागत मूल्य कसरी घटाउने भन्ने पनि हो । त्यसका लागि यो प्रविधिबाट घांस उत्पादन गरेर पशुबस्तुहरुलाई ख्वाउने हो भने लागत मूल्य घटाउन सकिन्छ । जस्तै एउटा गाईका लागि ४ सय बराबरको दाना ख्वाउने गरिएको छ भने यो घांस १सय ५० रुपैयांको ख्वाउदा ४ सयको दाना खाएको भन्दा पनि बढी पोषण बस्तुले पाउने गर्दछ । जसका कारण किसानहरुले लाभ पनि धेरै लिन सक्नेछन् भन्ने कुरामा दुई मत छैन ।
० यदि त्यस्तो हो भने ग्रामिण तहसम्मका किसानहरुसम्म यो प्रविधि पु¥याउनका लागि तपाईहरुले के योजना बनाउनु भएको छ त ?
यो अति सजिलो उपायसंग ग्रामिण भेगसम्म पु¥याउनका लागि हामीले पहल गरेका छौं । जसका लागि कृषि सहकारीहरुको सहकार्यमा देशभरि पु¥याउने हाम्रो योजना छ । त्यसका साथसाथै कृषिमा काम गर्ने गैरसरकारी संस्थाहरु मार्फत देशव्यापी पु¥याउने हाम्रो योजना छ । यो अत्यन्तै कम खर्चिलो प्रविधि हो । यसमा पनि नेपाल सरकारले ५० प्रतिशत अनुदान दिने घोषणा गरिसकेको छ । अर्को महत्वपूर्ण कुरा के हो भने हामीले बर्षमा करिव ३ महिनामात्र हरियो घांस हासिल गर्न सक्छौं । तर यो प्रविधिबाट हामीले बर्षभरिनै हरियो घांस उत्पादन गर्न सक्छौं । जुनसुकै हावापानीमा पनि हुने भएकाले अहिले ३६५ दिन दाना ख्वाउनु पर्ने वाध्यतालाई पनि यसले निराकरण गर्दछ । पशुपालन गर्ने किसानहरुका लागि यो जस्तो राम्रो प्रविधि अरु कुनै छैन ।


प्रकाशित मिति: आइतवार, माघ १७, २०७२