बिहिबार, बैशाख १३, २०८१

औषधी व्यवस्थापन विभाग र पशु सेवा विभागको लडाइले पशुपंक्षी औषध ऐन आएन

risi baral

ऋषि बडाल
अध्यक्ष
पशुपंक्षी औषधी व्यवसायी संघ

० पशुपंक्षी औषधी व्यवसाय व्यवस्थित रुपमा सञ्चालनमा छैनन भन्ने गुनासा छन्, व्यवसायी संघको अध्यक्षका नाताले के भन्नु हुन्छ ?
यो विषयमा हामीले औषधी व्यवस्थापन विभाग र पशु सेवा विभागका महानिर्देशक दुवैसंग बसेर कुरा चलाईरहेका छौं । हामीले तीनवटा कुरालाई प्रमुख प्राथमिकतामा राखेका छौं र त्यसलाई पालैपालो गर्दै लिएर जाने कुरामा अगाडि बढिरहेका छौं । अहिले हामी कस्तो अवस्थामा छौं भने नियम स्वास्थ्य मन्त्रालयको मान्नु पर्ने अनुगमन कृषि (हाल पशुपंक्षी) विकास मन्त्रालयले गर्ने दर्ता औषधी व्यवस्थापन विभागमा हुनु पर्ने भएकाले हामी न यता न उताका भएका छौं । त्यसकारण यसलाई कसरी व्यवस्थित गर्नका लागि पशु औषधी ऐन आउनु जरुरी छ । त्यो ऐन कृषि विकास मन्त्रालयका थन्किएर बसेको हामीले सुनेका छौं त्यसलाई कार्यान्वयन गराउन हामी लागि परेका छौं ।
० ऐनको डूाफ्ट त धेरै पहिले नै बनेको हो नि किन थन्किएको होला त ?
विगतमा ऐनको डूाफ्ट कृषि विकास मन्त्रालयमा थन्किएर बसेको थियो । व्यवसायी संघको नयां कार्यसमिति आईसकेपछि कृषि विकास मन्त्रालयबाट पशुपंक्षी विकास मन्त्रालयमा लैजानका लागि हामीले काम थालनी गरिसकेका छौ । त्यो पनि दश बर्ष अगाडि बनेको डूाफ्ट भएको हुनाले त्यसलाई पनि संशोधान गर्नु पर्दछ भन्ने कुरा उठिरहेको छ । त्यसका लागि हामी आगामी हप्तादेखि नै लाग्दछौं ।
० पशुपंक्षीको औषधीको अनुगमन गर्ने निकाय र यहांहरु व्यवसायी दुवै मनलाग्दो ढंगले अगाडि बढिरहेको भन्ने कुरा आईरहेको छ नि ठिक हो ?
त्यो कुरा विलकुलै होइन । पशुपंक्षीहरुको औषधीले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसकारण मावन औषधी भन्दा पशुपंक्षीका औषधीमा हामी बढी संवेदनशील छौं । हामीले विक्री वितरण गरेका औषधी कुखुरा, बंगुर, भैसी, खसी लगायतका पशुलाई ख्वाउंछौ र त्यसकै मासु हामीले प्रयोग गरिरहेका हुन्छौं । त्यही मासुका कारण मानव स्वास्थ्यमा पनि असर गर्ने भएकाले यसमा हामी लापरवाही त गर्दै गर्दनौं । तर, हामीलाई अनुगमन गर्ने संस्थाले हामीलाई पाखा लगाउंदै आईरहेको छ । बरु हामी आफैं हाम्रो व्यवसाय व्यवस्थित गर्नु छ । हामीलाई अनुगमन तीव्र गर्नुस् र त्यससम्वन्धि ज्ञान दिने काम पनि गरिदिनुस भन्दै आईरहेका छौं ।
० तपाईहरु आफूलाई अनुगमन गर भन्ने सरकार बनेको डूाफ्ट पनि कार्यान्वय नगर्ने कारण केही त होला नि ?
यसका लागि औषधी हेर्न जिम्मेवारी स्वास्थ्यले पाएको हुनाले औषधी ऐन २०३५ अनुरुप नै भेटेरीनरीलाई हेरिरहेको कारणले आपूmसंग रहेको अधिकार अन्त नजाओस् भन्ने धारण औषधी व्यवस्थापन लिईरहेका, र त्यो सवै हेर्न पाउनु पर्दछ भन्ने कुरा पशु सेवा विभागको इच्छा भएकोले यो डूाफ्ट नआएको हो कि भन्ने लाग्दछ । त्यसबेला स्वास्थ्य धेरै बलियो भएका कारणले त्यो ऐन कृषि विकास मन्त्रालयमा आउन नसकेको र अहिले कृषि विकास मन्त्रालय बलियो भएका कारण अव त्यो ऐन कृषि (पशुपंक्षी) विकास मन्त्रालयमा आउन सक्ने सम्भावन धेरै छ ।
० त्यसो भए अव पशुपंक्षी विकास मन्त्रालयले पशुपंक्षी औषधी ऐन ल्याउछ भन्ने कुरामा तपाई ढुक्क हुनु भएको हो ?
पशुपंक्षी विकास मन्त्रालय गठन भईसकेपछि मन्त्रालयको तेस्रो प्राथमिकतामा पशु स्वास्थ्य परेकोले र नियमन गर्ने निकाय पनि चालु अधिबेशनमा नै आउंछ भन्ने मलाई लाग्दछ ।
० तर पशुपंक्षीका औषधी विक्री गर्ने भेटेरीनरीहरु किनेका प्रमाणपत्र भित्ता टांसेर व्यापार गरिरहेका छन् भन्ने कुरा छ त ?
त्यो विल्कुलै गलत कुरा हो । जसले तालिम लिएका छन्, उनीहरुनै पसलमा बसेका छन् । तर समस्या के हो भने तालिम लिएका व्यक्तिनै उपचारमा जानु पर्ने भएकाले कहिले कांही उनीहरुका परिवारका व्यक्तिहरु पसलमा बसेको हुन सक्छ । तर लाईसेन्स नै दिने भन्नु कुरा भेटेरीनरीमा अहिले छैन । हामीसंग भेटेरीनरी फर्मासिस्ट नहुने र औषधी व्यवस्थापन विभागको नियममा चाहि भेटेरीनरी फर्मासिस्ट राख्नु पर्ने भन्ने भएकाले त्यो अहिले सम्भव छैन । हाम्रो प्रमुख माग पनि त्यही हो कि भेटेरीनरी फर्मासिस्टको पढाई हुनु प¥यो । हामी वर्तमान अवस्थामा फर्मासिस्टलाई पालेर पशुपंक्षीको औषधी व्यवसाय गर्न सक्दैनौ । त्यसकारण हामी आफैलाई दक्ष बनाईयोस् । र हामीलाई तालिम दिएर फर्मासिस्ट सरहको मान्यता दिनु पर्दछ भन्ने हाम्रो माग रहेको छ ।
० तर भेटेरीनरी व्यवसाय गर्नका लागि केही तालिम दिने संस्थाहरुले अध्ययन नगराई प्रमाणपत्र मात्र बेचेको कुरा त बाहिर आएको छ नि त?
केही संस्थाले त्यसो गरेको र केही नक्कली प्रमाणपत्र पाईयो भन्ने कुरा पनि सुन्न आएको हो । त्यसैले अहिले औषधी व्यवस्थापन विभागले पसल दर्ता गर्न जांदा खेरी नै ३५ दिने तालिम लिएको हो कि होइन भन्ने कुराको पुष्टिका लागि पशु सेवा विभागका पत्र पठाउंछ र त्यही पत्रका आधारमा तालिम लिएको हो भन्ने पुष्टि भएपछि मात्र पसल दर्ता हुने गरेकाले अहिले त्यस्तो कार्य रोकिएको छ ।
० नेपालका पशुऔषधी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउका लागि के गर्नु पर्ला त ?
यो व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका लागि व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरुलाइ अझ दक्ष बनाउनु पर्दछ । समय अनुरुप हामी पनि चल्नु पर्ने भएकाले व्यवसाय सम्वन्धि, ऐन कानूनको जानकारी सम्वन्धि तालिम दिने हो भने हुन्छ ।
० त्यसका लागि सरकारको तर्फबाट के गर्नु पर्दछ ?
सरकारी पशुपंक्षीको औषधी व्यवसाय गर्ने व्यवसायीहरुलाई ज्ञान सीपका तालिम प्रदान गर्नु पर्दछ ।
० विगतमा सरकारले यस्ता कार्यक्रम ल्याएको छ त ?
औषधी व्यवथापन विभागको नियमले फर्मासिस्टको व्यवस्था हुनु पर्दछ भनेकोले फर्मासिस्ट सरहको ३५ दिने तालिम चाहि दिएको छ । त्यो भन्दा अरु सरकारको तर्फबाट केही पनि भएको छैन । तर हामीले ३५ दिने तालिम लिएकाहरुलाई पनि पुर्नताजगी तालिम दिनु पर्दछ भन्ने माग राखेका छौं ।
० यस व्यवसायलाई व्यवस्थित गर्नका लागि संघले के गरिरहेका छ त ?
औषधी व्यवस्थापन विभागमा दर्तानभईसकन संघमा सदस्यता उपलब्ध नहुने भएकाले तीनबर्ष अगाडिसम्म १हजार २ सय ८४ व्यवसायीको तथ्यांक हामीले बुझाएका छौं । त्यसपछि कति खुले भन्ने कुरा हामीलाई थाहा छैन । अहिले नयां कार्यसमिति बनिसकेकाले हामी फेरि तथ्यांक संकलन गरिरहेका छौं ।
० अन्त्यमा,
किसान व्यवसायी सवैले आआफ्नो किसिमले मर्यादित किसिमले गरौं । हामीले बोल्दै नबोल्ने पशुपंक्षीको उपचार गर्ने हुनाले यस व्यवसायको संवेदनशीलतालाई ध्यान दिनु पर्दछ । हचुवाको भरमा उपचार र औषधी विक्री नगरौं । गुणस्तरीय औषधी र गुणस्तरीय उपचारमा ध्यान दिएर व्यवसायलार्य मर्यादित बनाउन आग्रह गर्दछु ।

प्रकाशित मिति: आइतवार, माघ १०, २०७२