शुक्रबार, बैशाख १४, २०८१

बजारीकरण गर्न सामाजिक सञ्जाल

म्याग्दी, १३ माघ । सामाजिक सञ्जालले समाचार वा घटनालाई मात्र फाइदा दिएको छैन । पछिल्लो समयमा यसले किसानहरुले उत्पादन गरेका कृषि उपज विक्री वितरण कार्यमा समेत ठूलो मद्दत गरेको छ । म्याग्दी जिल्लाका व्यवसायिक किसानहरु अहिले आफूले उत्पादन गरेको कृषिउपजको बजारीकरणका लागि सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् ।
उनीहरुलाई तरकारी, फलफूल र पशुजन्य उत्पादनको बजारीकरणका लागि आधुनिक सूचना प्रविधिको प्रयोगले सहज बनाएको । मोबाइल, इन्टरनेट, फेसबुक, भाइबर, म्यासेन्जरजस्ता सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले कृषकको जीवनशैलीमा परिवर्तन ल्याएको हो ।
आफूले उत्पादन गरेका कृषिउपजलाई बिक्री गर्न, आवश्यकता परेका बीउबिजन, औषधि खरिद गर्न र प्राविधिक परामर्शका लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्दा धेरै सहज भएको बेनीका किसानहरु बताउंछन् ।

प्रकाशित मिति: बुधबार, माघ १३, २०७२