आइतवार, बैशाख २३, २०८१

डडेल्धुरामा आलु उत्पादन घट्यो

डडेल्धुरा, १३ माघ । खडेरी बढेवपछ आलुको पकेट क्षेत्र मानिएको डडेल्धुरामा यो बर्ष आलु उत्पादन घटेको छ । गत बर्ष भन्दा यो बर्ष जिल्लामा हिउँदे आलु उत्पादनमा कमी आएको हो । आलु रोप्ने बेला र दाना लाग्ने समयमा समेत पानी नपरेपछि उत्पादनमा कमी आएको हो ।
भदौ महिनादेखि पानी नपर्दा चिस्यानको कमीले उत्पादनमा कमी आएको किसानहरु बताउंछन् । आलुखेतीबाटै जीविकोपार्जन गर्दै आएका डोला, भत्काँडा, बगरकोट, समैजीका किसान बीउ समेत राख्न नपाइने भन्दै चिन्तित बनेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १३, २०७२