शनिबार, बैशाख ८, २०८१

कोदोले बजार नपाउँदा कृषक चिन्तित

पर्वत, ५ माघ । यस जिल्लामा धान र मकैपछिको तेस्रो मुख्य बालीको रुपमा रहेको कोदोले बजार नपाउँदा यहाँका कृषक चिन्तित बनेका छन् । धानभन्दा कोदो बढी उत्पादन हुने जिल्लाको फलेवास क्षेत्रका सबै कृषक कोदो बिक्री नभएर चिन्तित बनेका छन् । पुरानो कोदो बिक्री भएको छैन तर नयाँ कोदोको फसल लिइसक्दा पनि गत बजार पाइएको छैन । जिल्लाका ५५ वटै गाविसमा कोदो अत्यधिक मात्रामा उत्पादन हुने भएपनि यकिन तथ्याङ्क भने उपलव्ध हुनसकेको छैन ।
बजार क्षेत्रमा कोदोको प्रयोग वृद्धि हुँदै गएपनि ग्रामीण क्षेत्रमा भने यसको कमै मात्र प्रयोग हुने हुनाले बिक्री नभएको हो । वार्षिक २५ हजार मेट्रिक टनभन्दा बढी कोदो उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ । गत वर्षकै कोदो बिक्री नभएकाले यस वर्षको कोदो पनि थन्क्याएर बस्नुपर्ने अवस्था आएको कृषकले बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, माघ ५, २०७२