आइतवार, बैशाख २३, २०८१

सिँचाइ गर्न नपाउँदा कृषक चिन्तित

रौतहट, २८ पुस । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट तर्फको नहर प्रणालीको कमाण्ड एरियाका कृषकले लामो समय बितिसक्दा पनि आवश्यक समयमा सिँचाइ गर्न नपाएको गुनासो गरेका छन् ।
स्थानीय ओम कोटिहोम जल उपभोक्ता समितिमा आवद्ध कृषकले यो वर्ष पनि गहुँमा सिँचाइ गर्न पाएका छैनन् ।
सो समितिमा आवद्ध कृषकले नजिकैको मूल नहरमा पर्याप्त मात्रामा पानी बगिरहेको भएपनि बागमती सिँचाइ आयोजनाले भरपर्दो पानी निकासाको लागि पहल नगरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७२