शुक्रबार, चैत्र १६, २०८०

रसुवामा स्याउका बिरुवा वितरण

रसुवा, २८ पुस । स्याउ उत्पादन बढाउनका लागि उत्तरी रसुवाको चार गाविसमा स्याउका बिरुवा वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको योजना अधिकृत मदन रेग्मीकाअनुसार वृद्धिम, गोल्जुङ, गतलाङ र चिलिमे गाविसमा तीन हजार ५०० वटा स्याउका बिरुवा वितरण र रोप्ने कार्य सम्पन्न भएको हो । विसं २०२७ बाट जिल्लामा स्याउखेतीको सुरुवात भए पनि पुराना बोट सबै सुकेको र पछिल्ला दिनमा परनिर्भर हुनुपरेकोले किसानको चाहना र जिल्ला कृषि विकास कार्यालयको सक्रियतामा नयाँ प्राविधिकबाट स्याउका बिरुवा रोप्ने गरिएको बताइएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७२