शुक्रबार, बैशाख १४, २०८१

पोखरी बनाउन किसान अग्रसर

चितवन, २१ पुस । जिल्लामा माछापालन विस्तारका लागि नयाँ पोखरी निर्माणमा १८८ जना किसान अग्रसर देखिएका छन् । जिल्ला कृषि विकास कार्यालयमा नयाँ पोखरी बनाउन उनीहरूले निवेदन दिएका छन् । कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवले केन्द्रको निर्देशन अनुसार बजेट परिचालन गरिएको र त्यही अनुरुप माछापालन विस्तार कार्यक्रम लागु गरिएको जानकारी दिएका छन् । निवेदनलाई थप छानविनका लागि मत्स्य विकास केन्द्र भण्डारा पठाएका छौँ” उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, पुस २१, २०७२