शनिबार, बैशाख ८, २०८१

कृषिमा आकर्षण गराउन पाठशाला

बैतडी, २२ पुस । परमम्परागत रुपका खेती गर्दै आईरहेको वैतडीका किसानलाई व्यवसायिक र आधुनिक कृषितर्फ आकर्षण गराउन बैतडीमा कृषक पाठशालाका माध्यमबाट प्रयास सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय वैतडीले विभिन्न पाँचवटा गाविसमा कृषक पाठशाला सञ्चालन गरी उनीहरूलाई उन्नत बालीका बारेमा जानकारी दिएको छ । कुनै एक बालीको सुरुवातदेखि त्यसलाई नकाटुन्जेलसम्म अपनाउनुपर्ने सबै प्रविधिका बारेमा किसानलाई जानकारी दिने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पाठशाला सञ्चालन भएको गाविसको वडामा २५ जना किसानलाई छनोट गरी १६ हप्तासम्म सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने गरेको समेत कार्यालयले जनाएको छ । स्थानीय जातको बाली र उन्नत जातको बालीको उत्पादनमा तुलना पनि किसानहरुलाई सो पाठशालामा गराईने छ । खाद्य असुरक्षित गाविसमा खाद्य सुरक्षित बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७२