बिहिबार, बैशाख २०, २०८१

झापामा आलु उत्पादनमा वृद्धि

झापा, २१ पुस । यस वर्ष जिल्लामा गतवर्षको तुलनामा शून्य दशमलव दुई प्रतिशतले आलुको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आव २०७१÷७२ मा रु ४४ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो । खेतीयोग्य जमिनमध्ये जिल्लामा गतवर्ष १४ हजार ७५० हेक्टर क्षेत्रफलमा दुई लाख २१ हजार २५० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष जिल्लामा १४ हजार दुईसय हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २१, २०७२