शनिबार, बैशाख १५, २०८१

धान उत्पादनमा कमी

कलैया, १९ पुस । जिल्लामा यस वर्ष किसानले चैते, भदैया र अगहनी धानखेती गरेकामा गत वर्षको तुलनामा १० हजार मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।
यस वर्ष समयमा प्रर्याप्त मात्रामा पानी नपरेका कारण धान उत्पादनमा कमी आएको कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरले जानकारी दिनुभयो । गत वर्ष चैते, भदैया र अगहनी धानखेती गरी ६० हजार ७२८ हेक्टर क्षेत्रफलमा धानखेती गरी दुई लाख ४७ हजार १६० मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति: आइतवार, पुस १९, २०७२