शनिबार, बैशाख १५, २०८१

आहारा नपाएर गाई मर्न थाले

बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई भटाभट मर्न थालेका छन् । बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सातवटा दूधालु गाई र १५ वटा गाईका बाछाबाछी मरेका हुन् ।

आर्थिक अभावका कारण निगौल गाई गौशालाको व्यवस्थापन पक्षले फर्ममा पालिएका गाईलाई पोषणयुक्त खाना जुटाउन, बासको समुचित प्रबन्ध गर्न नसक्दा चारवटा गोठमा पालिएका गाई, कोरली बाच्छी र स–साना बाच्छाबाच्छी मर्ने क्रम बढेको हो ।

पछिल्लो पटक मधेस आन्दोलनले गर्दा गाई गौशालाको आन्तरिक स्रोतबाट नियमित आउने आम्दानी ठ्याक्कै रोकिएपछि फार्मका गाई खान नपाएर मर्ने र बिरामी हुने क्रम बढेको निगौल गाई गौशाला व्यवस्थापनले जनाएको छ । पछिल्ला दिनमा बास र पौष्टिक आहारको कमीले फार्मका गाई दुब्लाईरहेका छन् ।

निगौल गाई गौशालाका फार्मका ६० वटा उन्नत् जातका गाई, १८ वटा कोरली बाच्छी र अन्य ४२ वटा स–साना बाच्छाबाच्छीसहित १२४ वटा गाईले पछिल्ला चार महिनायता पोसिलो आहार खान र समुचित बास नपाउँदा जीवन–मरणको दोसाँधमा पुगेका छन् । बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई भटाभट मर्न थालेका छन् ।

बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सातवटा दूधालु गाई र १५ वटा गाईका बाछाबाछी मरेका हुन् ।

आर्थिक अभावका कारण निगौल गाई गौशालाको व्यवस्थापन पक्षले फर्ममा पालिएका गाईलाई पोषणयुक्त खाना जुटाउन, बासको समुचित प्रबन्ध गर्न नसक्दा चारवटा गोठमा पालिएका गाई, कोरली बाच्छी र स–साना बाच्छाबाच्छी मर्ने क्रम बढेको हो ।

पछिल्लो पटक मधेस आन्दोलनले गर्दा गाई गौशालाको आन्तरिक स्रोतबाट नियमित आउने आम्दानी ठ्याक्कै रोकिएपछि फार्मका गाई खान नपाएर मर्ने र बिरामी हुने क्रम बढेको निगौल गाई गौशाला व्यवस्थापनले जनाएको छ । पछिल्ला दिनमा बास र पौष्टिक आहारको कमीले फार्मका गाई दुब्लाईरहेका छन् ।

निगौल गाई गौशालाका फार्मका ६० वटा उन्नत् जातका गाई, १८ वटा कोरली बाच्छी र अन्य ४२ वटा स–साना बाच्छाबाच्छीसहित १२४ वटा गाईले पछिल्ला चार महिनायता पोसिलो आहार खान र समुचित बास नपाउँदा जीवन–मरणको दोसाँधमा पुगेका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस १६, २०७२