बिहिबार, बैशाख ६, २०८१

अण्डा दिवसमा अण्डा वितरण

चितवन, १७ पुस । कुनै पनि खाद्य उत्पादन गर्ने उत्पादकहरुले आफ्नो बार्षिक उत्सव मनाउंदा अरुले उत्पादन गरेको खाद्यान्न उपलब्ध गराउने परम्परालाई अण्डा उत्पादक संघले तोडेको छ । अण्डा उत्पादक संघले अण्डा दिवसका अवसरमा आफूहरु उत्पादन गरेको अण्डा वितरण गरेर अण्डा दिवस मनाएको छ । तेस्रो राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल अन्डा उत्पादक सङ्घले भरतपुर अस्पतालका बिरामी, कुरुवा र सर्वसाधारणलाई अन्डा वितरण गरेको छ । अस्पताल परिसरमा अन्डाको महत्वको विषयमा आयोजित कार्यक्रममा अन्डा वितरण गरिएको हो । सो अवसरमा पाँच हजारवटा अन्डा वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले अण्डा मानव स्वास्थ्यका लागि महत्वपूर्ण पोषक भएकाले उपयोगका लागि सबैसँग आग्रह समेत गरेका थिए । सो अवसरमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशरराज भूर्तेल, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेल, अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेललगायतले अण्डाको विषयमा आमजनतामा जनचेतना जगाउन सके आत्मनिर्भर भई व्यवसाय टिकाउन सकिने र कम मूल्यमा जनताले पोषक तत्व प्राप्त गर्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७२