मङ्लबार, बैशाख ११, २०८१

बंगुरपालक किसान मारमा

तेह्रथुम, १० पुस । तेह्रथुममा उत्पादित बंगुर बिक्री नभएपछि बंगुरपालक किसान मारमा परेका छन् । बंगुरले बजार नपाएपछि व्यवसायिक रुपमै बंगुरपालन गर्दै आएका किसानको पेशा नै संकटमा परेको छ ।

भारतीय नाकाबन्दी र त्यसबाट सिर्जिएको इन्धन अभावका कारण निर्यात ठप्प भएपछि स्थानीय बजारमा मात्रै बंगुर खपत नहुँदा किसान मर्कामा परेकाहुन् ।

सदरमुकामसहित जिल्लाका बजारबाट दैनिक करिब ३ सय केजी मासु खपत हुन्छ । तर जिल्लामा झन्डै एक दर्जन व्यवसायिक फर्महरु सन्चालनमा छन् । जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा गाउँका घरैपिच्छे जस्तो बंगुर पाल्ने चलन छ । जिल्लाका केही फर्महरुले एउटै बंगुर ४ सयदेखि साढे चारसय केजी सम्मका पनि उत्पादन गरेका छन् ।

उत्पादन बढेपछि जिल्लामा मासुको मुल्य पनि घटेको छ । केही महिनाअघिसम्म २ सय रुपैयाँ प्रति केजीका दरले बिक्री हुने बंगुरको मासु आजभोलि १ सय ३० रुपैयाँ प्रति केजीमा झरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७२