शनिबार, बैशाख १५, २०८१

आजबाट विषादी प्रयोग मुक्त सप्ताह शुरु

घातक विषादीको प्रयोग निर्मूलिकरण गरौं, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं भन्ने मूल नाराका साथ आजदेखि मुलुकभर विषादी प्रयोग मुक्त सप्ताह शुरु भएको छ । कृषि विकास मन्त्रालय, कृषि विभाग बाली संरक्षण निर्देशनालयको आयोजनामा शुरु भएको यो सप्ताहको पहिलो दिन अर्थात आजा विहान कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेलले कृषि विभागको प्राङ्गणबाट शुरु भएको प्रभातफेरिमा सामेल भएर औपचारिकता प्रदान गरेका थिए । pestiside
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका मन्त्री गजुरेलले खाद्य बालीम्ँँ बढ्दो विषादी प्रयोग न्यूनिकरण ठूलो चुनौती भएको भन्दै यसको अनुगमन र न्यूनिरकण गर्नका लागि मन्त्रालय अगाडि बढिरहेको बताए ।
आयोजक संस्था बाली संरक्षण निर्देशनालयको कार्यक्रम निर्देशक डा. डिल्लीराम शर्माका अनुसार गत बर्ष २०७१ आषाढ ४ गतेदेखि कालीमाटी तरकारी तथा फलफूल बजारमा स्थापना गरिएको विषादी द्रुत विश्लेषण ईकाईका कारण पछिल्ला दिनहरुका तरकारीजन्य बस्तुमा बिषादी प्रयोग घट्दै गएको छ । तीन बर्ष अगाडि देखि शुरु भएको विषादी मुक्त सप्ताह अभियानले हानिकारक विषादी प्रयोग न्यूनिरकण हुंदै गएको समेत उनले बताए । यस्ता कार्यक्रमले किसान तथा उपभोक्ता सवै सचेत हुने गरेकाले विषादी प्रयोय मुक्त सप्ताहले आमनागरिकहरु एवं किसानहरुमा अत्यन्तै हानिकारक विषादी प्रयोग गर्नु हुन्न भन्ने कुराको चेतना अभिबृभि हुने गरेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७२