शुक्रबार, चैत्र १६, २०८०

पञ्चायतमा जति पनि कृषि विकास भएन : पुष्पकमल दाहाल

काठमाडौं । सरकार, किसान र नेपाली शिक्षा प्रणालीवीचको समन्वय अभावका कारण नेपाली कृषि क्षेत्रको विकास हुन नसकेको धारणा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राखेका छन् । कृषि प्रधान देश मुलुक भनेर नाक फुलाउने गरिएको भएपनि मुलुकले संधै खाद्यान्नमा परनिर्भर बन्नु परेको बताएका थिए । उपत्यका आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै पञ्चायत विरोधी नेता पुष्पकमल दाहालले पञ्चातयमा जति पनि कृषि क्षेत्रको विकासका लागि काम हुन नसकेको विचार व्यक्त गरेका छन् ।puspa kamal

अहिलेका सरकारले पञ्चायत कालमा बनेका नीति नियमलाई तोडमोड गर्ने काम बाहेक केही पनि गर्न नसकेको दाहालले आरोप पनि लगाए । पञ्चायत कालमा बरु कृषि क्षेत्रको विकासले गति लिएको थियो । तर अहिले कृषिको व्यवसायिकताको नारा बाहेक अरु केही पनि गर्न नसकेको दाहालको आरोप थियो । कृषि क्षेत्रको विकासका लागि कहिल्यै पनि बोल्न नभ्याएका एमाओवादी नेता दाहालले मुलुकको आर्थिक समृद्धि कृषिबाट नै हुने बताए । यसले के देखाएको छ भने राजनीतिज्ञहरुले धेरै दुख खेपेपछि मात्र कृषिको विषयलाई उठान गर्ने जमर्को गर्ने गरेको प्रष्ट देखाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७२