शनिबार, बैशाख ८, २०८१

तरकारी र धानबालीमा बढी बिषादी प्रयोग

सुर्खेत,  पुस । जिल्लामा सबै भन्दा बढी तरकारी खेति र धानबालीमा बिषादी प्रयोग हुने गरेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । विषादीमुक्त सप्ताहको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा तरकारी र धान खेतिमा बालविषादीको प्रयोग बढेको बरिष्ठ कृषि विकास अधिकृत बिजयकुमार गिरीले बताए । ‘सबै भन्दा बढी व्यवसायिक रुपमा खेति गरिरहेका कृषकहरुले बढी बिषादी प्रयोग गरेको पाइएको छ’ उनले भने,‘हामीले यसलाई रोक्नको लागि कृषकहरुलाई सल्लाह दिने र विषादीका बारेमा छलफल गर्ने गरेका छौ“ ।’ उनले सुर्खेतमा सञ्चालन रहेका एग्रोभेटहरुबाट एक वर्षको अवधिमा सुर्खेतमा ढुसीनास बिषादी चारसय ८० किलो, किटनाशक नौसय ३४ किलो र व्याक्ट्रीयनाशक विषादी ३० किलो खपत भएको बताए । उनले कृषकहरुलाई जैविक तथा घरेलु विषादीको प्रयोगको लागि कृषकहरुलाई अनुरोध गर्नुको साथसाथै विभिन्न कार्यक्रमहरु ल्याएको बताए । जिल्लामा एकिकृत सत्रुजिब व्यवस्थानि(आएपिएम) कार्यक्रम संचालन गरेको बताए ।

उनले अहिले भेरीगंगा नगरपालिका छिन्चुमा  रहेको एउटा जाजरकोट टोलमा ‘नमुना आएपीएम गाउ“’ का लागि आएपीएम कार्यक्रम pestisideसञ्चालन गरेको जानकारी दिए । यस्तै जिल्लामा भकारो सुधार कार्यक्रम गरिएको बताए । यस वर्ष तीनसय वटा भकारो सुुधार गर्ने कार्यक्रम रहेको छ । कृषकहरुका लागि गुमि, बजेडीचौर, विद्यापुर, गुठु  र राकमलगायत १० वटा गाविसमा कृषाक पाठशाला सञ्चालन गरेको कार्यालयले जानकारी दिएको छ ।
यसैवीच जिल्ला कृषि विकास कार्यालय सुर्खेतले विषादी प्रयोग मुक्त सप्ताह अन्तरगत आज( भेरीगंगा नगरपालिका ११ छिन्चुमा विषादी न्युनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइपीएम पद्धतिद्धारा उत्पादित तरकारी बालिहरुको बजार प्रवद्धन तथा विषादी न्युनिकरणका लागि जनचेतनामुलक प्रभावफेरी गर्ने भएको हो । यस्तै सप्ताह अवधि भरनै साटाखानी, रामघाट र जर्वुटामा जनचेतनामुलक सडक नाटक प्रर्दशन गर्ने, अन्तरक्रिया गोष्ठिको आयोजना गर्ने कृषि विकास कार्यालयबाट सेवाग्राहीहरुलाई जानकारी मुलक प्रर्चा वितरण गर्ने कार्यक्रम रहेको छ ।

बरिष्ठ कृषि विका अधिकृत बिजयकुमार गिरीले सप्ताहमा मात्र नभएर सधै कृषकहरुलाई विषादी औषधि होइन भन्ने सन्देश दिन आवश्यक रहेको बताए । उनले बढ्दो रासायनिक विषादीको प्रयोगलाई रोक्नको लागि जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरु जिल्ला कृषि विकास कार्यालयले गर्ने गरेको बताए । मुना हमाल

प्रकाशित मिति: बिहिबार, पुस ९, २०७२