बुधबार, बैशाख १९, २०८१

जिविसको सहयोगमा बङ्गुरपालन

कञ्चनपुर, ६ पुस । जिल्ला विकास समितिले सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले गरिबी न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको शङ्करपुर–४ कसवाका महिलाहरुलाई सामूहिक रुपमा व्यावसायिक बङ्गुरपालनका लागि सहयोग गरेको छ ।
जिविसले तीन लाख १५ हजार अनुदान रकममा उपलब्ध गराएपछि महिलाहरुले बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् । व्यवस्थित खोर निर्माण र बङ्गुरका पाठा खरिद गरेका उनीहरूले दाना खुवाउने, पानी दिने र मल व्यवस्थापन गर्ने कार्य सामूहिक रुपमा गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमवार, पुस ६, २०७२