शुक्रबार, बैशाख १४, २०८१

पूर्व मन्त्रीहरु व्यवसायिक कृषिमा लागे

3 mantri

काठमाडौं । कृषि पेशालाई राजनीतिज्ञहरुले पहिलो प्राथमिकतामा राख्न नसकेपनि केही मन्त्री बसिकेका व्यक्तिहरु भने कृष कर्ममा सक्रिय भएर लागेका छन् । रँजनीति गरेर मन्त्री भईसकेपछि कृषि खेती गर्ने भन्ने कुरा कसै कसैका लागि असहज पनि होला । मन्त्री भएर सेवा सुविधा हासिल गरेकाहरु खेतमा गएर माटोसंग खेल्न मन नगर्नु पनि स्वाविक नै होला । तर, केही त्यसता व्यक्तिहरु छन् जो मन्त्री भईसकेपछि पनि खेतमा गएर काम गर्न शुरु गरेका छन् । संधै सुविधा सम्पन्न भएर पदमा मात्र बसिरहनु पर्दछ भन्ने नेपाली राजनीतिक बृत्तमा उनीहरु उदाहरणका पात्र बन्न सफल भएका छन् । जसले राजनीतिलाई थोरै थाती राखेर भएपनि कृषि कर्ममा लागेका भेटिन्छन् । मन्त्री भएका व्यक्ति कृषिमा लागेका त्यस्ता उदाहरणले पनि कृषि व्यवसायमा संलग्न हुने किसानहरुलाई धेरै मात्रामा प्रोत्साहन गरिरहेका छन् भन्दा फरक नपर्ला ?
पटक पटक मन्त्री बनेर सत्ताको स्वाद धेरै नै लिएका मन्त्री मध्येका एक जयप्रकाश प्रसाद गुप्ता केही बर्षदेखि व्यवसायिक रुपमा कृषिमा संलग्न बनेका छन् । आफै बारीमा गएर कोदालो खन्ने पूर्व मन्त्री हुन गुप्ता । गुप्ताले मन्त्री पदबाट हटेपछि लामो समय पश्चात कृषि कर्ममा लागेका हुन् । गुप्ता आफ्नो गृह जिल्लामा गएर अदुवा खेती गरिरहेका छन् । त्यस्तै एमाओवादीका नेता लोकेन्द्र विष्टले पनि पार्टीबाट राजीनामा दिएर काभ्रेपलाञ्चोकको भकुण्डेमा गएर जग्गा भाडामा लिई कालो धान उत्पादन तर्फ लागेका छन् । यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन । गत बर्षदेखि उनले व्यवसायिक रुपमा कालोधान खेती गर्न थालेका हुन् । यो बर्ष उनले पहिलो पटक कालो धान भित्र्याएका छन् । त्यस्तै पूर्व बाणिज्य तथा आफूर्ति मन्त्री विष्णुप्रसाद थारुले पनि यतिखेर आफ्नो गृह जिल्ला बर्दियामा गएर व्यवसायिक रुपमा विभिन्न खालका वेमौसमी तरकारी साथमा जैविक तरकारी खेती गर्न थालेका छन् । मन्त्री थारुले ब्यावसायीक रुपमा गरेको तरकारी उत्पादनले स्थानीय माग पूर्ति गर्न सफलको बताइएको छ । पूर्व मन्त्रीहरुले कृषिमा संलग्न भएर उदाहरणीय काम गरी युवा पुसतालाई यस तर्फ आकर्षण गर्ने पहल त गरेका छन् । तर, यसलाई निरन्तरता दिन्छन् कि दिंदैनन् भन्ने कुरा हेर्न वांकी नै छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १९, २०७२