बुधबार, बैशाख १२, २०८१

जेष्ठ नागरिकहरुलाई कृषिखेतीमा लगाउँदै अन्तर्राष्ट्रिय संस्था

बर्दिया मंसिर । जेष्ठ नागरिकहरुलाई बृद्धभत्ताले थोरै राहत भएको भएपनि धेरै भन्दा धेरै जेष्ठ नागरिकहरु अझैपनि आफैले केही गर्न खोज्ने भएकाले जेष्ठनागरिकहरुलाई आयआर्जनका लागि भन्दै च्याउखेतीका लागि सक्रिय गराईरहेको छ । old man
जेष्ठ नागरिकका विषयमा काम गर्न केही बर्ष अगाडि नेपाल भित्रिएको हेल्प ऐज अन्तर्राष्ट्रियले ६० बर्ष पुगेका नाकगरिकहरुलाई काममा लगाउन थालेको छ ।
जेष्ठ नागरिकहरुले आफ्नो जीवनभर विविध प्रकारका ज्ञान, सीप, अनुभव सङ्गालेका ज्येष्ठ नागरिक उमेर र तागतले गर्न सक्ने कामका रूपमा च्याउखेती उपयुक्त हुने भएकाले त्यस तर्फ उपयोग गर्न लागिएको बताइएको छ ।
जेष्ठ नागरिकलाई उमेर अनुसार सेवा र सुरक्षाका लागि पहल गरिनु पर्दछ हेला गरिनु हुन्न भन्दै आईरहेको अन्तर्राष्ट्रिय संस्थाले ६० बर्ष भन्दा माथिकालाई विभिन्न काममा लगाउन खोजेपछि बर्दियाका कतिपय संस्थाले त्यसको विरोध पनि गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १६, २०७२