शनिबार, बैशाख १५, २०८१

पर्वतमा उत्पादित सुन्तला बोटमै

पर्वत, १७ मंसिर । इन्धन अभाव भएका कारण उत्पादन भएको सुन्ताल विक्री गर्न नपाएपछि पर्वत जिल्लाका सुन्ताला किसानहरुले सुन्तला विक्री गर्न नपाएपछि सुन्तला बोटमा नै रहेको छ । गत वर्ष मङ्सिरको पहिलो साता नै बजारमा पुग्ने सुन्तला यो बर्ष भने इन्धन अभावका कारण ढुवानी गर्न नसक्दा बोटमै राख्न किसानहरु वाध्य भएका छन् ।
महँगो ढुवानी भाडा तिर्दा सुन्तलाको मूल्यसमेत बढ्ने भएकाले बजारमा प्रतिष्पर्धा गर्न पनि कठिन भएको किसानहरुको भनाई रहेको छ । कृषकको भनाइ छ । परम्परागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तला खेती सुरु गरेपछि पाङराङका एउटै कृषकले वर्षमा लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर १७, २०७२