शनिबार, बैशाख ८, २०८१

रुपन्देहीमा पशु व्यवसाय फस्टाउँदै

रुपन्देही, १७ मंसिर । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले पशु व्यवसायलाई प्रवद्र्धन गर्दै जिल्लालाई पशुपालनमा आत्मनिर्भर बनाउनका लागि यस वर्ष रु एक करोड ५६ लाख आठ हजार अनुदान स्वरुप प्रदान गर्न लागेको जनाएको छ ।
जिल्लाका युवा तथा अन्य किसानलाई लक्षित गरेर अनुदानको कार्यक्रम लागू गर्न थालिएको बताउँदै त्यसका लागि सूचना प्रकाशन गरिसकेको कार्यालयले जनाएको छ । पशु कार्यालयले किसानलाई लक्षित गरेर विभिन्न कार्यक्रममार्फत युवा किसानलाई अनुदानको कार्यक्रम प्रदान गर्दै आएको वरिष्ठ पशु चिकित्सक डा गान्धीराज उपाध्यायले बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर १७, २०७२