सोमवार, बैशाख २४, २०८१

झापामा बगर खेती शुरु

झापा, ९ मंसिर । झापाका माईधार, मावा, विरिङ, मेची र देउनिया नदीको बगरमा न्यून आर्थिकस्तरका कृषकले जग्गा भाडामा लिएर काँक्रा, लौका, खरबुजा, फर्सी र करेला जस्ता वस्तुको केही वर्षदेखि खेती गर्दै आएका छन् ।
तराईका २१ जिल्लाका ६५ नदीमा करिब ६८ हजार हेक्टर जग्गा बगर छ । तर यति धेरै क्षेत्र भए पनि करिब एक हजार ३०० हेक्टर जग्गामा मात्र खेती हुने गरेको बताइएको छ । नदीको बगरलाई उच्चतम प्रयोग गरी त्यसमा उत्पादन हुने बाली लगाउन सके मनग्य आम्दानी गर्न सकिने भएपछि किसान आकर्षित् बनेका हुन् । सामान्यतया बगर खेती माघदेखि सुरु भई वैशाख अन्तिमसम्म सुख्खा समयमा हुने गर्छ ।
नदी नजिकैका बगरमा त प्याज खेती पनि गर्न सकिने भएकाले बगर खेती पनि रोजगारी र आम्दानीका स्रोतका रूपमा लिन सकिन्छ । गर्मीको मौसममा खरबुजा वा तरबुजा निकै स्वादिलो र रसिलो हुने भएकाले यसलाई मरुभूमिको हिरा मानिएको छ । देशभरमा बगर खेतीमा करिब पाँच हजार ९५० कृषक संलग्न छन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर १०, २०७२