बुधबार, बैशाख १२, २०८१

घांसखेती गर्न अनुदान

चितवन, ११ मंसिर । घाँसमा आधारित पशुपालन बढाउन जिल्लामा अनुदानसहितको घाँसपालन कार्यक्रम सुरु भएको छ । जिल्लाका ८१ जना किसानका लागि घाँस खेती विस्तार गर्न रु २२ लाखको कार्यक्रम सुरु भएको हो । घाँसमा आधारित पशुपालन प्रभावकारी हुने भन्दै यस्तो कार्यक्रम सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । साना किसानका लागि बीउमा तथा ठुला किसानका लागि क्षेत्रफल अनुसारको घाँसपालन विस्तारका लागि अनुदान कार्यक्रम सुरु भएको कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा रामकुमार कार्कीले बताएका छन् ।
जिल्लामा अहिलेसम्म पराल चोकरमा आधारित पशुपालन धेरै छ । पछिल्लो समयमा केही क्षेत्रमा व्यवसायिक घाँस खेती भएपनि पर्याप्त छैन । आधा हेक्टरका दरले घाँस खेती गर्ने ३० जना, एक हेक्टरमा घाँस उत्पादन गर्ने २१ जना, दुई हेक्टर उत्पादन गर्ने नौ जना र तीन हेक्टर घाँस पाल्ने एक जना किसानका लागि घाँसमा अनुदान आएको कार्कील बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०७२