बुधबार, बैशाख २६, २०८१

९५ प्रतिशत फूल नेपाल कै

काठमाडौं, कार्तिक २५ । दिपावलीको अवसरमा सधैंझै काठमाडौं शहरका गल्ली–गल्ली फूलले ढाकिएका छन् । सयपत्री, मखमली र गोदावरी जस्ता फूलले काठमाडौं न्यूरोडका दुबै किनारा ढकमक्क भएका छन् ।news

फूल र फूलका मालाले ढकमक्क नगरका क्षेत्र हेर्न लायक बनेका छन् । फूल व्यवसायीहरुले बेच्नका लागि यसरी फूल सजाएका हुन् ।

मुलुक भारतीय पक्षको अघोषित नाकाबन्दीको मारमा परेको भए पनि फूलमा भने मुलुक यस पटक आत्मनिर्भर देखिएको छ । करिब ९५ प्रतिशत फूल र मालाको माग स्वेदेशी उत्पादनले धान्ने भएको हो ।

यस अघिका तिहारमा करिब ४० देखि ५० प्रतिशत फूल र माला छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको थियो ।

दुई महिनादेखि भारतको अघोषित नाकाबन्दीले ढुवानीमा समस्या परेपछि यसपाली स्वदेशी उत्पादनलेनै बजारको ९५ प्रतिशत माग धानेको हो । यस वर्षको तिहारमा करिब ४ करोडको फूल र मालाको कारोबार हुने अनुमान व्यवसायीले गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कार्तिक २५, २०७२