शनिबार, बैशाख ८, २०८१

लोप हुँदै घैया जातको धान

म्याग्दी, २४ कात्तिक । स्थानीय रुपमा धेरै नै उत्पादन हुने घैया जातको धान विस्तारै विस्तारै लोप हुन थालेको छ । अनुकूल वातावरण नुहँदा र उत्पादन हुन छाडेपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् ।
भिरालो पाखामा पनि सिचाइँबिना खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो ।
जिल्लाको वातावरण र जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आएका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाकाअनुसार कृषकले घैयाखेती हुने जमिनमा कोदो, मकैजस्ता बाली लगाउन थालेका छन् ।
जिल्लाको गुर्जा, मुना, लुलाङ, मुदी, मराङ, कुईने, पाखापानी, दाना, चिमखोलालगायतका गाविसमा घैया धानखेती हुन छाडेको हो । पहिले घैया धानखेती हुने उच्च पहाडी क्षेत्रका सयाँै रोपनी खेतबारी अहिले बाँझै भएको उनले बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २४, २०७२