शुक्रबार, चैत्र १६, २०८०

तरकारी खेतीमा महिला आकर्षण

बाँके, २६ कात्तिक । विगतमा भन्दा पछिल्ला समयमा महिलाहरु परम्परागत बालीहरुलाई परिवर्तन गर्दै व्यवसायिक कृषि तर्फ लागेका देखिन्छन् । बाँके जिल्लाको चिसापानीका महिलाहरु पनि व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मेहनत अनुसारको प्रतिफल पाइने भएपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । चिसापानीका २५ जना महिलाले कञ्चन कृषक समूह गठन गरी १७ हेक्टर जग्गामा व्यवसायिक तरकारी खेती गरिरहेका छन् ।
पच्चिस जना महिलाले आफ्नै साढे १२ हेक्टर जग्गा र बाँकी साढे सात हेक्टर जग्गा भाडामा लिएर तरकारी फलाउँदै आएका छन् । गत वर्षदेखि व्यवसायिक तरकारीखेती थालेका उनीहरूको जीवनशैली नै फेरिएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २६, २०७२