शुक्रबार, बैशाख १४, २०८१

कोदो किराले खायो

म्याग्दी, १९ कात्तिक । म्याग्दीको दग्नाममा कोदो बालीमा किरा लागेर फलेको कोदो सबै झारेपछि कृषक समस्यामा परेका छन् । डाँठमा लागेको किराले कोदोको गेडा खाने र झार्ने गरेपछि कृषक समस्यामा परेका हुन् । कोदो पाकेर घरमा भित्र्याउनका लागि काट्न जाने समयमा झुसिल्किरो जस्तै देखिने करिब एक इन्च लामो किरा लागेको देखिएको स्थानीय किसानले बताएका छन् । दग्नाम गाविसको दग्नाम गाउँ, दरमिजा र बुक्ल क्षेत्रमा कृषकले लगाएको कोदो खेती अधिकांशमा किराले क्षति पु¥याएको छ ।
“बालामा किरोे मात्रै भेटिन्छ, बाला सबै रित्तै बनाएको छ, किरा कसरी नियन्त्रण गर्ने कृषक अन्योलमा परेका छन्” । यस क्षेत्रमा प्रमुख बालीका रूपमा कृषकले कोदोको खेती गर्दै आएका छन् । किराले फलेको कोदो नै सखाप पारेपछि उत्पादन घट्ने कृषकलाई चिन्ता परेको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १९, २०७२