शुक्रबार, चैत्र १६, २०८०

कुखुरा खोरमै थन्किए

कन्चनपुर, कार्तिक २१ । तराईका जिल्लाहरुमा झन्डै दुई महिनादेखिको बन्द, हडताल र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि कन्चनपुरका कुखुरा खोरमै थन्किएका छन् ।
इन्धन अभावका कारण ढुवानी हुन नसक्दा कुखुरा खोरमै थन्किएका हुन् । जसबाट व्यवसायीहरुले करोडौं नोक्सानी ब्यहोर्नुपरेको छ ।
भारतको अघोषित नाकाबन्दीको प्रभाव कन्चनपुरका कुखुराव्यवसायीहरुमासमेत परेको छ । व्यवसायीहरुले इन्धन पाउन नसक्दा कुखुरा बिक्री गर्न सकेका छैनन् ।
खोरमा कुखुरा र अन्डा थन्किएकाले करोडौँको नोक्सानी ब्यहोर्नुपरेको व्यवसायीको गुनासो छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक २१, २०७२