शुक्रबार, बैशाख २१, २०८१

४५ हजार गाईभैँसीको नश्ल सुधार

चितवन,  असोज । व्यवसायिक रुपमा गाई पालन बढ्दै गएपछि जिल्ला पशु सेवा कार्यालयले चितवन जिल्लामा गत आर्थिक बर्षमा ४५ हजार बढी गाईभैँसीको नश्ल सुधार गरेको जनाएको छ ।nasla sudhar
जिल्ला पशु सेवा कार्यालयले आव २०६७/६८ मा २० हजार गाईभैँसीमा, आव २०६९/७० मा ३२ हजार र आव २०७०/७१ मा ४१ हजार गाईभैँसीको नश्ल सुधार गरेको वरिष्ट पशु चिकित्कस एवं कार्यालय प्रमुख डा. रामकुमार कार्कीले बताएका छन् ।
जिल्लामा वर्षेनी कृत्रिम गर्भाधान गराउने गाईभँैसीको सङ्ख्या बृद्धि भइरहेको छ । गएको एक वर्षमा जिल्लामा ४५ हजार ५०६ वटा गाईभँैसीको नश्ल सुधार गरिएको थियो । अघिल्लो वर्ष उक्त सङ्ख्या ४१ हजार ५०९ थियो ।
चार हजारभन्दा बढी भैँसीको कृत्रिम गर्भाधान गरिएको तथ्यांक जिल्ला पशु सेवा कार्यालयमा छ ।
वार्षिकरुपमा जिल्लामा व्यावसायिक गाईपालन बढेका र गाईफाम पनि तीब्ररुपमा विकास भइरहेकोले नश्लसुधार पनि विगत पाँच वर्षदेखि बढ्दो क्रममा रहेको डा कार्की बताए ।

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७२