आइतवार, बैशाख १६, २०८१

पशु वस्तुमा पिपिआर र खोरेत प्रकोपले आंतक

जुम्ला, असोज । जुम्लाका पशु वस्तुमा पिपिआर र खोरेतको प्रकोप फैलिएको छ । गाईगोरुमा खोरेत र भेडावाख्रामा पिपिआर रोगको प्रकोप देखिएको हो । जिल्ला भर खोरेत र पिपिआर रोगको प्रकोप एकैसाथ फैलदा उपचारमा समस्या हुने गरेको पशु चिकित्सक वताउँछन । एक महिनादेखि यो रोग यहाँका पशु वस्तुमा देखिदै आएको हो । एशिया महादेशका सात प्रकारको भाईरसका कारण खोरेतको संक्रमण गाईगोरुमा देखिदै आएको छ । यो रोग लाग्न नदिनको लागि एफएमडी खोप लगाउनु पर्छ । तर रोगको संक्रमण भईसकेपछि यो खोपको अर्थ हुदैन पशु विकास अधिकृत गोविन्द वहादुर महतले कृषि अनलाईनलाई जानकारी दिए । भारतवाट खोरेतको भ्याक्सिन आयत गर्दै आएकोमा एक डोजमा ३५ रुपैया पर्ने गरेको छ । khoret
खोरेत रोगका कारण गर्भिण गाई तुहिने,वाच्छा वाच्छी ,र उन्नत गाई मर्न सक्ने संभावना वढि देखिन्छ । ठुला गाईगोरु एक सयमा पाँच प्रतिशतसम्म मर्ने गरेको अनुसन्धानले देखाएको पशु विकास अधिकृत महतको भनाई छ । दैनिक २० भन्दा वढी किसान खोरेत र पिपिआर रोगका वारेमा परामर्श लिन आउने गरेका छन । अधिकांश किसानलाई औषधी दिएर पठाईने गरीएको छ ।
गाई भैसी भेडावाख्रामा यो रोग भाईरलका रुपमा देखा परेको छ । गोरुमा देखिएको खोरेतका कारण किसानलाई समस्या परेको छ । अहिलेसम्म खेत जोत्न पाएका छैनन । भने गाईले दिन उत्पादन घटेको छ । एक महिना देखि खोरेत देखिएकोले खेतवारी वाझो राख्नु पर्ने अवस्था आएको छुमचौरका रन वहादुर महताराले दुखेसो पोखे । अहिले गोरुका खुर र मुख सफा गर्ने औषधी व्यापक रुपमा दिईदै आएको छ ।
किसानले समयमै आफ्ना गाईगोरुमा खोप लगाउन नमान्नु र रोगको संक्रमण भएपनि आत्तिएर पशु कार्यालयमा आउनुले समस्य निम्तिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख डाक्टर रेशमराज ज्ञावलीले वताए । अहिलेसम्म देपाल गाउँ र गोठिचौर गाविसमा गरेर ३० भन्दा वढि गाईगोरु मरिसकेका छन् । जिल्लाको एक नगरपालिका र २६ वटै गाविसमा यो रोग फैलिएको छ । जिल्लाका १४ पशु सेवा केन्द्र र एक पशु सेवा केन्द्र मार्फत औषधी र प्राविधिक सल्लाह दिदै आएको पाइएको छ ।
यो रोगको संक्रमण साउन, भदौ, असोज कार्तिकमै देखा पर्दछ । कुनै कुनै समयमा चैत वैशाखमा पनि देखिएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । यो रोग दुई तिन वर्षमा एक पटक देखा पर्दछ । १०६ डिग्री फरेनाईट ज्वरो आउनु, पशुले खान नखानु, झोक्रयाउनु,रौ ठाडा पार्नु,मुखवाट डोरी आकारको रयाल चुहिनु,मुखमा डाम वस्नु,रक्र श्राव हुनु,खुट्टाको खुर विचको मासु सुनिनु यो रोगका प्रमुख लक्षण हुन । चाडो मुखको घाउ निको गर्न एलमवरपाक्स, खुट्टाको लागि पोटास, एग्रोफलविन र फिनाएलले सफा गर्ने र पशुलाई आराम दिनाले चाडै यो रोग निको हुने पशु प्रविधिकको सल्लाह छ । घाउ वढ्दै गए एन्टिवायोटिक सुई लगाउनु पर्छ ।
यता भेडा वाख्रामा पिपिआर रोगको प्रकोप वढेको छ । पशु विकास अधिकृत गोविन्द महतका अनुसार हाल सम्म ६ हजार भेडावाख्रा मरिसकेका छन । किसान यो रोगको सताएको भन्दै रुदै कार्यालयमा आउने गरेको उनले वताए । ज्वरो आउने, रोगी भेडा झोक्र्याउने,नाक र आँखामा वाक्लो पिप निस्कने,पातलो दिशा गर्ने,खान नरुचाउने,हिड्न नसक्ने र मरेको भेडाको ठुलो आन्द्रामा जेव्रा आकारको दाग देखिने गर्दछ । सवै गाविसका यो रोग लागेको छ । मालिकावोता र वुम्रामाडिचौर गाविसका किसान आएका छैनन ।
पिपिआर रोग नियन्त्रण गर्न पिपिआर खोप लगाउनु पर्छ । एक पटक लगाएका तिन वर्ष सम्म ढुक्क हुन्छ । २०७० सालमा २५ हजार ०७१ सालमा ६० हजार र २०७२ सालमा ९ हजार भेडावाख्रामा यो खोप लगाइएको पशु सेवा कार्यालय जनाएको छ । यो वर्ष पिपिआर खोप नलगाएको किसानको भेडावाख्रामा सक्रमण देखिएर मरेका छन । सवै भन्दा पहिले रारालिही गाविसका १ र ९ वडामा पिपिआर रोगको भेडामा संक्रमण देखिएको भेटिएको हो । जेठ महिनामा देखियो पशु रोग अन्वेषण प्रयोग शाला सुर्खेतलाई तत्काल खवर गरेर परिक्षण गराउदा पिपिआर पोजेटिभ देखिए पछि उपचारको लागि परामर्श दिने काम भएको हो ।
अहिले जुम्लामा ७३ हजार ८ सय ५५ भेडाको संख्या छ । वाख्रा ४६ हजार ४ सय ३१ र गाई गोरु ६५ हजार ५ सय ४७ छन भने भैसी २ हजार ६ सय ५९ रहेको कृषि कार्यालयको तथ्यांक छ । यो रोग लागेका भेडा एक सय प्रतिशतमा ९० प्रतिशत मर्ने गरेका छन । पशु सेवा केन्द्रमा विजुली वत्ति नभएका कारण औषधी उपचार सटक गर्न सकिएको छैन । पशु सेवा कार्यालयका कर्मचारी दरवन्दीको अवस्था कम भएकोले अनुसनधान र परामर्श दिनका कठिनाई उत्पन्न भएको छ । डिवी वुढा

प्रकाशित मिति: सोमवार, अशोज २५, २०७२