शनिबार, बैशाख ८, २०८१

भक्तपुरमा आईपुग्यो मुस्ताङ्गाका च्याङ्ग्रा

भक्तपुर, २९ असोज । दशैंको मुखमा आएर भारतले गरेको अघोषित नाकावन्दी र मधेश आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभावका कारण अधिकांशा नेपाली जनता हैरानीमा परेका छन् । विशेष गरी मांसाहारी उपभोक्ताहरुका लागि खसी, बोका, भेडा, च्याङ्ग्रा आदि महगीदै गएको छ । मुस्ताङ्गबाट चर्को गाडी भाडा तिरेर भए पनि व्यापारीहरुले दसैँको लागि मुस्ताङबाट तीन हजार पाँच  सय च्याङ्ग्रा भक्तपुरको सल्लाघारी ल्याई पु¥याएका छन् । इन्धन अभावले गाडी भाडा महँगो भएपछि यसवर्ष खसीभन्दा च्याङ्ग्रा निकै महँगो भएको हो । गतवर्ष चीनको तिब्बतबाट समेत आयात हुने भेँडा–च्याङ्ग्रा यसवर्ष भने तातोपानी नाका बन्द भएकाले मुस्ताङबाट मात्रै ल्याइएको हो । मुस्ताङ मै भेँँँडा–च्याङ्ग्रा महँगो भएकाले यसवर्ष ल्याइएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको सिन्धुपाल्चोक जलबिरेका व्यापारी बलबहादुर श्रेष्ठले बताएका छन् ।  cyangra
यसवर्ष सल्लाघारीमा ल्याइएको च्याङ्ग्रा प्रतिकिलो रु. ६५०, भेँँँडा प्रतिकिलो रु.६०० र खसी प्रतिकिलो रु.४५० मा बिक्री भइरहेको छ ।
सिन्धुपाल्चोक जलबिरे कै अर्का व्यापारी पशुपति सिलवालले मुस्ताङ मै भेँँँडा–च्याङ्ग्रा महँगो भएको र इन्धन अभावले गाडी भाडा महँगो भएपछि यहाँ पनि महँगो मै बिक्री गर्नुपरेको उनले बताए । सिन्धुपाल्चोक कै अर्का व्यापारी रमेश खड्काले मुस्ताङको घारमा एउटा च्याङ्ग्राको रु. १७ हजारदेखि १८ हजारसम्म तिर्नुपरेको बताए । त्यसमाथि पनि जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपर्दा समस्या आएको उनको भनाइ छ ।
करिब २०० वटा भेँँँडा–च्याङ्ग्रा गाडी नपाएकै कारण जोमसोम मै अलपत्र परेको उहाँले बताउनुभयो । गतवर्ष भने भेँँँडा रु ५५०, च्याङ्ग्रा रु. ६०० र खसी रु. ४५० मा बिक्री भएको थियो । सल्लाघारीमा यसवर्ष भने खसीको मूल्य बढेको छैन, रु. ४५० मै बिक्री भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज २९, २०७२