आइतवार, बैशाख १६, २०८१

विषादी विषयमा विद्यावारिधी प्राप्त गर्ने पहिलो नेपाली

Dillirama sarma

काठमाडौं । खाद्य सुरक्षाको कुरा विश्वभर उठिरहेको मात्र होइन नेपालमा पनि खाद्य सुरक्षाको कुरा चर्चामा आईरहेको छ । पछिल्लो समयमा खाद्य उत्पादनमा बढ्दै गईरहेको विषादी प्रयोगलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कृषि विकास मन्त्रालयका सह सचिव एवं बाली संरक्षण निर्देशनालका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले अव डाक्टर डिल्लीराम शर्मा भएका छन् ।
शर्माले बिषादी प्रयोगमा भईरहेको दुरुपयोग, यसलाई न्यूनिकरण गर्ने उपाय तथा बिषादीबाट मानवीय स्वास्थ्य र पर्यावरणमा हुने विभिन्न प्रकारका समस्याका बारेमा सोधकार्य विद्यावारिधि प्राप्त गरेका छन् ।
निजले गरेको अनुसन्धानबाट निकालिएको निष्कर्षबाट अव नेपालमा विषादीको प्रयोग न्यूनिरकण गर्ने कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएकोछ ।
नेपालका विभिन्न विषयमा विद्यावारिधि गर्नेहरुको संख्या धेरै भएपनि विषादीका विषयमा विद्यावारिधि गर्ने शर्मा पहिलो व्यक्ति हुन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज २२, २०७२