बिहिबार, चैत्र १५, २०८०

जुम्लामा खडेरीले वर्षे वाली सुक्न थाल्यो किसान मारमा

जुम्ला,असोज । जुम्लामा खडेरीले वर्षे वाली नष्ट भएको छ । खडेरीले नपाक्दै वर्षे वाली सुक्न थालेपछि किसान चिन्तित देखिएका छन । धान वाहेक मकै,कोदो, चिनो, कागुनो, फापर, सिमी भट्मास लगायतको वाली सुकेर सोत्तर भएको हा“कु ३ का धनकृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार यो वर्षको खडेरीले वर्षेे वाली सखाप भएपछि हिउ“दका तिन महिना कसरी गुजार्ने पिरलोले सताउदै छ । अधिकांस किसानले नपाकेको वाली भित्रयाउन थालेका छन । सोत्तर भएको वाली गाईवस्तुको लागि पनि काम नलाग्ने भएपछि हरियो वाली भित्रयाउन थालेको किसानहरु वताउ“छन । Khaderile sukeko simi Ukheldai kishan
उनले तिन हलमा लगाएको सिमी सवै सुकेपछि गाईवस्तुको लागि घा“स भएपनि घरमा ल्याएका छन । पहिले दुई क्विन्टल सम्म सिमी पाउथे उनले भने अहिले तिस केजीको वोरामा नअटाउने भयो । उनी संगै सुखेर चौपट भएको सिमीका झाल उखेल्न आएकी पत्नी धन लक्ष्मी न्यौपानेले देशमा मौलाएको वितिथीले समयमै पानी नपर्ने गरेको वताईन ।
जथाभावी वनजंगल मासिदै जानु,जताततै दुर्घन्धित हुनु र मानिसहरु अल्छी भएर सिंचाई हुने स्थानमा समेत पानी नपु¥याउनले खेती पाती घट्दै गएको हो । तराई देखि निर्यात भएको दैनिक उपभोग्य वस्तुका कारण आफुले उव्जाएको अन्न खान हिचकिचाउछन उनले भनिन सुकेको खेतमा पानी हाल्नु त परको कुरा भैगो । यो वर्ष सिजा, पा“नसय, असी र चौधविस क्षेत्रमा हिउदेवालीले अपेक्षित परिणाम पाउन सकेको छैन ।
सिचाई निरन्तर भएका कारण धान वाली सप्रेको छ । तर अहिलेको उत्पादनले तिन महिना पनि धान्दैन । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख विष्णु वहादुर महतले अघिल्लो वर्षको तुलनामा यो वर्ष सिमीमा ५० प्रतिशत कमी आएको वताए । उनले भने सिमी लगायतका हिउदे वालीमा खडेरीका कारण फल नै लागेन । फुल फुल्ने र कोशा लाग्ने वेलामै खडेरी परेका कारण यहा“का किसानलाई घाटा पुगेको हो ।
गत वर्ष जुम्लावाट १६ करोड रुपैया वरावरको सिमी निर्यात भएकोमा अहिले ७ करोड पुग्न मुस्किल परेको छ । कृषि कार्यालयका प्रमुख महत जेठ देखि भदौ महिना सम्म नियमित पानी पर्दा किसानलाई फाईदा पुग्ने वताउछन । खडेरीका कारण सुकेको वर्षे वाली चिम्सो हुने, पोटिलो नहुने विज्ञहरु वताउछन । यो वाली देशका ठुला शहर सम्म पुग्छन । वर्षेे वाली चैत महिना देखि लगाउन थालिन्छ भने कार्तिक महिना सम्म भित्रयाई सकिन्छ । खडेरीले यहा“को तरकारी उत्पादनमा समेत असर पारेको छ । सिंचाई योग्य जग्गामा तरकारी खेति भएपनि अरु ठाउ“मा उमार्न सकिएको छैन । हरेक दिन कृषि कार्यालयका खडेरीका कारण वाली सुकेको भन्दै किसानले फोन गर्ने गरेको कर्मचारीहरु वताउदै आएका छन । जलवायु परिवर्तनका कारण समयमै पानी नपर्नुले किसान मर्कामा छन । जुम्लामा स्थानीय रातो, स्थाीनय सेतो, स्थाीनय कालो, स्थानीय माले र स्थानीय पहेलो जातका सिमी उत्पादन गरिन्छ । सडक पुगेपछि भर्खर मात्र यहा“को वर्षे उत्पादनले वजार पाएको वेला खडेरीले सखाप पारेपछि जीवन चलाउन समस्य परेको छ ।
मालिकाठाटा गाविसका गोर्ख वहादुर वुढा नजिकैको रारालिही वजारमा एक वोरा सिमी ल्याएर दुई वोरा चामल लिन्थ्ये । यो वर्ष उनको घरमा एक वोरा सिमी उत्पादन हुन सकेन । अव कसरी हिउदको खर्च वेहोर्ने चिन्ताले छुन थालेको छ । – डिवी वुढा

प्रकाशित मिति: शनिबार, अशोज २३, २०७२