शुक्रबार, बैशाख १४, २०८१

दश करोडगको स्याउ निर्यात

जुम्ला, २० असोज । स्याउका लागि महत्वपूर्ण जिल्लाका रुपमा रहेको जुम्ला जिल्लाले चालु आर्थिक बर्षमा जिल्लामा उत्पादित करीव १० करोडको स्याउ निर्याता गरेको छ ।
जुम्लाको कूल २९ सय हेक्टर जमीनमध्ये ७५० हेक्टरमा स्याउ लगाइने गरिएको छ । सो क्षेत्रमा उत्पादित चार हजार १२५ मेट्रिकटन स्याउमा दुई हजार नौ सय मेट्रिकटन निर्यात गरिएको थियो । जसबाट जुम्लाले रु १० करोड १५ लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
गत वर्ष पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गरेको जुम्लाले यस वर्ष भने करिव १८ प्रतिशत घाटा खानुपरेको छ । गएको जेठमा परेको असिनापानीले फल झारेका कारण स्याउ उत्पादनमा कमी आएको समेत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २०, २०७२