शुक्रबार, बैशाख १४, २०८१

कृषिमा आधुनिकरण अभियान

पर्वत २० असोज । खेतीबाली लगाउनका लागि गोरु र हली पाउन मुस्किल हुँदै जाँदा पर्वतमा कृषिमा आधुनिकरण सुरु गरिएको छ ।
गोरु पाल्न महंँगो हुने र कृषिमा ज्यामीको समेत अभाव भएपछि व्यावसायिक खेती गर्ने कृषकले आधुनिक कृषि उपकरण प्रयोगमा ल्याउन थालेका हुन ।
पर्वतको ज्ञादी, शङ्करपोखरी, फलेवास, कुर्घा, पाङराङ्, बाच्छा, पाङ, धाइरिङलगायतका पकेट क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढ्दै गएको छ । पछिल्लो समयमा जमिन जोत्नका लागि ट्र्याक्टर र हाते ट्र्याक्टरलगायतका उपकरण प्रयोग गर्न थालिएको छ ।
“गोरु पाल्न खर्चिलो र महँगा भएका छन्” देवीस्थानका कृषक देवीप्रसाद भुसालले बताए । “गोरु र ज्यामी खोज्नुभन्दा उपकरणले काम गर्दा धेरै सजिलो भएको छ ।” तरकारी खेतीबाट वार्षिक रु पाँच लाख भन्दाबढी आम्दानी गर्दै आएका ुसालले मेसिनले जोत्ने, खन्ने र अरु काम गर्दा धेरै सहज भएको बताए ।

प्रकाशित मिति: बुधबार, अशोज २०, २०७२