शुक्रबार, बैशाख १४, २०८१

केरा खेतमै कुहिन थाल्यो

सप्तरी, २० असोज । सप्तरीको भारदहस्थित कोशी पलारमा सयौँ बिगाहामा लगाइएको केरा खेतमा पानी पसेपछि कुहिन थालेको छ ।
स्थानीय कृषकले करिब एक हजार ५०० बिगाहामा लगाएको केरा खेतमै कुहिन थालेको हो । पूर्वी पहाडी जिल्लाबाट एक्कासी पानी आएर कोशी नदीमा जम्मा भएपछि कोशी नदिको छेउमै रहेको केरा खेतमा पानी पसेको हो । काटने बेलामा पानी जमेपछि केरा खेतमै नष्ट हुन थालेको हो ।
पानी पसेपछि केराको बोट सुक्न थालेको र काटेर बिक्री वितरण गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । बिगत ५३ दिनदेखिको बन्द हड्तालका कारण समेत केरा नष्ट भएको छ । बन्दका कारण केरा बिक्री वितरण नहँुदा किसान चिन्तित भएका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज २०, २०७२