बिहिबार, बैशाख २०, २०८१

किसानलाई केराको चिन्ता

krishilogoसप्तरी, ८ असोज । सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाले सप्तरीमा विगत ४२ दिनदेखि बन्द जारी राखेपछि यहाँको केरा नष्ट हुँदा किसान चिन्तित भएका छन् । दिनरात मेहनत गरेर लगाएको केरा अहिले काट्ने समयमा लगातारको बन्दले यातायातको साधन बन्द भएपछि खेतमै कुहिने गरेको छ । हुनुमाननगर योगिनीमाई नगरपालिका– १ सकरदही निवासी श्याम खड्काका अनुसार यहाँका किसानले कोसी पलारमा करिब ५०० बिगाहामा केराको खेती गरेका छन् ।

काट्ने समयमा बन्द भएपछि पाकेका केरा खेतमै कुहिन थालेको उनले बताए । अर्का किसान अशोक माझीले बन्दका कारण केरा काट्ने मानिस पाउन गाह्रो भइरहेको बताए । किसानले विदेशबाट कमाएर ल्याएको पैसा केराखेतीमा लगाएका छन् । केरा काट्ने र बेच्ने बेलामा बन्द हडताल भएपछि लगानी डुब्ने चिन्ता किसानलाई रहेको छ । यहाँको केरा बिक्रीका लागि काठमाडाँैसहित पोखरा, नेपालगन्ज, भैरहवा, बुटवल र पूर्वको झापा, काँकडभिट्टा, इलाम, धनकुटासम्म लैजाने गरेको केरा व्यापारी इन्द्रदेव लौगीले बताए । यहाँको किसानको आयआर्जनको स्रोत केरा खेती नै रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज ८, २०७२