शुक्रबार, बैशाख १४, २०८१

जेटिए पढ्दै नपढि हातमा प्रमाण पत्र

cettificate

काठमाडौं १२ भाद्र । कृषि क्षेत्रको विकासका लागि कृषि तथा पशु प्राविधिक गाउँमा नपुगेसम्म कृषिको विकास नहुने भएकाले त्यसको आधार स्तम्भ निर्माण गर्न पनि आगामी आर्थिक बर्षबाट एक गाउँ एक प्राविधिक अनिवार्य नै बनाएको छ । आगामी बर्षको बजेटमा समेत सो कुरा आईसकेका बेला मुलुकभरका लागि आवश्यक प्राविधिक जनशक्ति छन् नि छैनन् भन्ने बहस पनि चल्न थालेको छ ।
अर्कोतिर कृषि तथा पशु प्राविधिक शिक्षालयहरु पनि प्रशस्त छन् । त्यसका अलावा सिटिईभिटीको सम्वन्ध प्राप्त गरी विभिन्न तालिम प्रदान गर्ने संस्थाहरु पनि सञ्चालनमा नआएका होइनन् । तर, विडम्वना यस्ता धेरै संस्थाहरु जो दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न होइन तालिमको प्रमाणपत्र किन्न लगाएर धनी हुने अभियानमा लागेका छन् । प्रशिक्षार्थीहरुलाई सीप सिकाएर दक्ष बनाउनुको सट्टा प्रशिक्षण नै नलिई मोटो रकम लिएर अध्ययन नै नगराई जेटि तथा जेटिए पढेको प्रमाणपत्र विक्री गरेको प्रमाण कृषि अनलाईनलाई फेला परेको छ ।
सिटिईभिटीबाट सम्वन्धन प्राप्त यस्ता संस्थाहरुले प्रशिक्षण नै नगराई प्रमाण पत्र मात्र विक्री गर्दा त्यसले कस्तो जनशक्ति उत्पादन होला ? सरोकारवाला निकायले ध्यान खोजी गर्नु आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७२