शुक्रबार, चैत्र १६, २०८०

खेल सरुवाको : जिल्लाका हाकिमदेखि प्राविधिक सहायक सम्म मन्त्रालयमा

ministry-of-agriculture

काठमाडौं । भाद्र महिनामा कर्मचारीलाई सरुवाको रोग लाग्ने गर्दछ । प्राय सवै मन्त्रालयमा सरुवा गर्नका लागि कर्मचारीहरु लामबद्ध नै हुने गर्दछन् । यो रोगबाट कृषि विकास मन्त्रालय पनि अछुतो हुन सकेको छैन । गत बर्ष पनि कृषि विकास मन्त्रालयबाट सरुवा हुनेहरु मध्ये धेरैले राजनीतिक असन्तुष्टि व्यक्त गरेका थिए । अहिले पनि सरुवाको कारण विभिन्न जिल्लाका कृषि कार्यालय तथा पशु कार्यालयका हाकिमदेखि खरिदारसम्म मन्त्रालय धाउन थालेका छन् । कृषि विकास मन्त्रालयमा यतिखेर आफूलाई पायक पर्ने र आयोजनाहरु भएका ठाउँमा सरुवा गरिदिन आग्रह गर्ने गरिरहेका छन् । कतिपय उपसचिवहरु भने आफ्नो सरुवा दुर्गम जिल्लामा गरिदिन पनि अनुरोध गरिरहेको मन्त्रालय स्रोतले बताएको ।
दुर्गम जिल्लामा सरुवा हुन चाहने उपसचिव आफ्नो बढुवाका लागि नम्बर थपिने लोभले दुर्गम जिल्ला जान खोजेका हुन् । स्रोतका अनुसार यो पटकको सरुवामा कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसी समेत पर्ने देखिएको छ । गत बर्ष हरिप्रसाद पराजुलीले विवादका वीच उनलाई महानिर्देशक बनाएका थिए । अहिले उनको ठाउँमा पश्चिमाञ्चाल क्षेत्रीय निर्देशक लेखनाथ आचार्य ल्याउने चर्चा कर्मचारीवीच चल्न थालेको छ । यसैगरी जिसीलाई भने मन्त्रालयमा तान्ने तयारी पनि गरिएको छ । प्रवक्ता उदयचन्द्र ठाकुरलाई प्रवक्ताबाट हटाइने र खाद्य सुरक्षा महाशाखाका प्रमुख डा. सुरोज पोखरेललाई प्रवक्ताको समेत जिम्मेवारी दिन तयारी गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १७, २०७२