शुक्रबार, बैशाख १४, २०८१

कृषिमा सरुवाका लागि चलखेल शुरु

काठमाडौं ३१ श्रावण । हरेक बर्ष हुने सरुवाका लागि कर्मचारीहरु भदौं कुर्ने गर्दछन् । कोही बढुवा हुनका लागि दुर्गमका लागि सरुवा माग गर्दछन्  । कोही भने दाम कमाउनका लागि राम्रै ठाउँमा सरुवा माग गर्दै नेताको घरदैलो धाउने गर्दछन् । यो बर्षका लागि फेरि सरुवा हुने मौसम आएको छ । यही मौसमलाई मध्यनजर गर्दै कृषि विकास मन्त्रालयमा पनि सरुवाको खेल शुरु भईसकेको छ । कृषि विकास मन्त्रालयमा सरुवाका लागि को को कहाँ कहाँ पुग्ने भन्ने कुराको अझै अत्तो पत्तो छैन । केही उच्च अधिकारीहरु अmझै कुर्सी नपाएर बसिरहेका छन् । कृषि विकास मन्त्रालयमा वातावरण विभागबाट सरुवा भएर आएका सह सचिव डा.सुरोज पोख्रेलको बस्ने ठाउँ नै छन् ।
अघिल्लो बर्ष कृषि विभागको महानिर्देशक बन्ने लाइनमा रहेका डा. सुरोज पोखरेललाई बाली विकास निर्देशनालयबाट वातावरण विभागको महानिर्देशक बन्न पु¥याइएको थियो । अहिले उनलाई वातावरण विभागबाट हटाएपछि कृषि विकास मन्त्रालयमा हाजिरी भएका छन् । उनको ठाउँमा व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीश भक्त श्रेष्ठलाई लगिएको छ  भने व्यवसायिक कीट विकास निर्देशनालयमा कार्यक्रम निर्देशक पद रिक्त भएको छ । केही समय अगाडि सहसचिवमा बढुवा भएका मध्ये सवैलाई स्थान दिएको भएपनि सवनम सिवाकोटीलाई मात्र मन्त्रालयमा हाजिर गराएर हतोत्साही गर्ने काम गरिएको थियो । कृषि विकास मन्त्रालय सहसचिवमा बढुवा हुँदा जुझारु महिला सहसचिवका रुपमा चिनिएकी उनलाई लामो समय मन्त्रालयमा हाजिरी गराए राखिएको थियो । उनलाई केही दिन अगाडि मात्र पोष्ट हार्भेष्ट निर्देशनालयमा कार्यक्रम निर्देशकका रुपमा पठाइएको छ ।
सरुवा र पद मिलान गर्ने भन्दै मन्त्रालयमा यतिखेर दौड धुप र चलखेल शुरु भईसकेको छ । गत बर्ष पशु विभागमा उपमहानिर्देशक रहेका डा.उदयचन्द ठाकुरलाई महानिर्देशक बनाउने ललिपप देखाएर मन्त्रालयमा तानिएको थियो । हाल मन्त्रालयका प्रवक्ताका रुपमा रहेका डा. उदयचन्द ठाकुरई सो पदबाट हटाएर प्रवक्ताका रुपमा डा. सुरोज पोखरेललाई ल्याउने तयारी गरिरहेको बुझिएको छ । तर मन्त्रालयमा सरुवा गर्ने काममा विगतदेखि नै चलखेल गर्दै आईरहेका व्यक्तिहरु भने हाल कृषि विभागमा महानिर्देशकका रुपमा रहेका डा. युवकध्वज जिसीलाई मन्त्रालय तानेर प्रवक्ता बनाउने र पोखरेललाई जिसीको ठाउँमा लैजाने लविङ्ग गरिरहेको समेत खुल्न आएको छ ।
कृषि मन्त्री हरिप्रसाद पराजुलीको राजीनामा पछाडि कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कृषि विकास मन्त्रालयलाई समय दिन नभ्याएका भएपनि यी सवै कामको सहयोगीका रुपमा  गौतमका अतिनै प्रिय पात्रका रुपमा रहेका पराजुलीले नै गरिरहेका छन् । यो बर्षको सरुवा पनि पराजुलीकै सल्लाह अनुसार हुने मन्त्रालय स्रोतले दावी गरेको छ ।

प्रकाशित मिति: सोमवार, साउन ३२, २०७२