बिहिबार, बैशाख १३, २०८१

खुल्ला रुपमा बाख्राको मासु बिक्री

मोरङ, ३० श्रावण । पूर्वाञ्चलको विराटनगर क्षेत्रमा फ्रेस हाउसहरुले बाख्राको मासु विक्री वितरण गर्ने हल्ला विगतदेखि चल्दै आएको छ । त्यो हल्लालाई विराननगरका सञ्चाकर्मीहरुले पुष्टि गरिदिएका छन् । विराटनगर–२० स्थित वासिर फ्रेस हाउसमा बाख्रा काट्दै गरेको अवस्थामा सञ्चारकर्मीको एक टोलीले आज फेला पारे पछि सो कुराको पुष्टि भएको हो । सो फ्रेस हाउसको बधशालामा दुई बाख्रा काटेर भुत्ल्याउँदै गरेका अवस्थामा सञ्चाकर्मीहरुले भेटिएका थिए ।bakhro-520x245

फ्रेस हाउसका सञ्चालक मोहमद वासिरले होटलका लागि बाख्राको मासु काटे पनि उपभोक्तालाई बेच्न चाहिँ खसी नै काट्ने गरेको बताए । बाख्रा भुत्ल्याउँदै गरेका उनले सधैँ बाख्रा नै काट्ने गरेको तर राजखानी चाहिँ खसीको जोडेर सिउने र बाहिर झुन्ड्याउने गरेको खुलासा समेत गरे । विराटनगरका बहुसङ्ख्यक खसीको मासु बिक्री गरिने पसलमा उपभोक्तालाई बाख्राको मासु भिडाउने काम भइरहेको स्थानीय उपभोक्ता गुनासो भएको भएपनि सम्वन्धित निकायले केही गरिरहेको छैन । त्यहाँ मात्र होइन विराटनगरमा सञ्चालित दर्जनभन्दा बढी मासु पसलले उपभोक्तालाई बाख्राको मासु बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । विराटनगरको बजार क्षेत्रका दर्जन बढी खसी मासु पसलमा बाख्राको मासुको बिक्री वितरण हुने गरेको छ ।
विराटनगर उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख हिरालाल यादवले बाख्राको मासु बिक्री गरेको पाइएको सकेसम्म कारबाही गरिएको बताउँछन् तर हालसम्म कसैलाई पनि कार्वाही भएको तथ्यांक भने उपमहानगरपालिकासँग छैन ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७२